बल्कोट स्वास्थ केन्द्रलाई छत्रदेव गाउँपालिकाका कर्मचारीहरुद्वारा स्वास्थ सामाग्री हस्तान्तरण

बल्कोट स्वास्थ केन्द्रलाई छत्रदेव गाउँपालिकाका कर्मचारीहरुद्वारा स्वास्थ सामाग्री हस्तान्तरण


अस्लम अली
 
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन् । 


कोरोना भाइरसको प्रभाव रोकथाम ,नियन्त्रण तथा ब्यबस्थापन गर्न सहज होस भन्ने उदेश्यले आज शनिबार छत्रदेव गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई  १२ वटा रेगुलेटर सहित ३० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।  


उक्त स्वास्थ्य सामाग्री  गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल र वार्ड नम्बर २ का अध्यक्ष राजेश पन्थी मार्फत हस्तान्तरण गरिएको थियो ।

अन्य समाचारहरु