चोरी मुद्धामा फरार केरुङ्गाका एक व्यक्ति २ वर्षपछि पक्राउ

चोरी  मुद्धामा फरार केरुङ्गाका एक व्यक्ति  २ वर्षपछि पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ४ केरुङ्गाका चोरी  मुद्धामा फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 


चोरी  मुद्धामा फरार केरुङ्गाका ३० वर्षिय गोकुल बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 

बस्नेतलाई अर्घाखाँची जिल्ला अदालतले २०७६ साल कार्तिक ३ गते  १५ दिन  कैद तोकेको थियो । बस्नेतलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले घरमा फेला पारी पक्राउ गरेको थियो ।   

साथै उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु