अर्घातोषका बोन क्यान्सर पिडित किशोरलाई समाजसेवी पाण्डे र सुवेदीबाट संकलित सहयोग रकम हस्तान्तरण

अर्घातोषका बोन क्यान्सर पिडित किशोरलाई समाजसेवी पाण्डे र सुवेदीबाट संकलित सहयोग रकम हस्तान्तरण


दिपक भुसाल | अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ अर्घातोषको धरमपानीका बोन क्यान्सर पिडित किशोरलाई समाजिक अभियान्ता सचिन पाण्डे र बिष्णु सुवेदीले संकलित सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 


अर्घातोषको धरमपानीका १७ बर्षिय बोन क्यान्सर पिडित गणेश खनालको उपचारको लागि समाजिक अभियान्ता सचिन पाण्डे र बिष्णु सुवेदीले संकलित सहयोग रकम हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको हो । 

बोन क्यान्सर पिडित गणेश खनाल बचाउका लागि संकलित रकम रु(१४१,१५५) अक्षरुपि एक लाख एकचालीस हजार एक सय पचपन्न रुपैयाँ एक कार्यक्रमका बिच पिडित गणेश खनाल उपचार्थ हस्पिटलमा हस्तान्तरण गरिएको थियो । 

पिडित गणेश खनाल लामो समय देखि बोन क्यान्सरबाट पिडित छन् । उनको उपचारका लागि पारिबारिक आर्थिक स्रोत नभएका कारण उपचारमा समस्या भएको जानकारी पाए लगत्तै समाजसेवी सचिन पाण्डे र बिष्नु सुबेदिले संयुक्त रुपमा सामाजिक सन्जालबाट सहयोग लागि सबै सहयोगी मन समक्ष अपिल गरेका थिऐ नभन्दै सहयोगी मनहरु एकाएक जोडिदै गएपछि यति ठुलो आर्थिक रकम जुटेको हो । 


सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी बिकाश खनाल अभियानका नेतृत्व कर्ता समाजसेवी सचिन पाण्डे बिष्नु सुवेदी पुगेर बिरामी अबस्था बुझि बिरामीको उपचारमा कुनै कसुर बाँकी नराख्ने भन्दै पिडित परिबारलाई आस्वासन दिएका थिए भने पिडित परिबारको तर्फबाट आफ्नो छोरा बचाउका लागि सहयोग गर्नुहुने सबैलाई पिडित गणेशको आमा शान्ता खनालले धन्यवाद दिनु भयो।

साथै समाजसेवी  पाण्डे र सुवेदी बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय छन् ।  भने जिल्लाका धेरै दुखि गरिब पिडितलाई सहयोग उपलब्ध गराउदै आएका छन् । 

अन्य समाचारहरु