| जिल्ला समाचार |
विद्युत सेवाबाट अर्घाखाँचीका अधिकाम्श गाउँका घर झलमल्ल(२०६७ भाद्र २२, मंगलवार)
२०४८ सालमा सदरमुकाम सन्धिखर्कमा विद्युत बलेको थाहा पाएर २ दिनको बाटो हिंडेर विद्युत बलेको हेर्न आएका जिल्लाबासी आफ्नै घरमा झलमल्ल विद्युत बलेपछि दङग भएका छन् । स्थानीय बासिन्दाहरुले गाउमा विद्युत लैजान सामुदायिक वनको काठ, गाउको छेउछाउका सार्वजनिक जग्गा, बाटोको नजिकै रहेका घडेरीहरुसमेत बिक्री गर्नुका साथै हलका गोरु,दुहुनो भैंसी,श्रीमतीले लगाउने गरगहना र घरमा राखिएका अन्य जिन्सी सामान बिक्री गररै भए पनि गाउमा विद्युत पुयाएर घरघरमा विद्युत लाइन जडान गरेका छन् । ४२ गा.वि.स.रहेको यस जिल्लामा हंसपुर, गोखुगा, सिमलपानी, सुवर्णखाल, सिद्धारा, जुकेना र धनचौर बाहेकका सबै गाविसहरुमा आंशिक रुपमै भएपनि विद्युत सेवा बिस्तार भएको छ । आवश्यक परेको समयमा विद्युत नआउादा आफ्नो कामकाजमा निक्कै अप्ठ्यारो भएको उनीहरुको गुनासो छ । अर्घाखााची जिल्ला लोडसेडि� मुक्त जिल्ला हुादाहुादै पनि लाइन जाने समस्याले निक्कै सताएको उनीहरुको भनाइ छ ।
|
सेनाले खुलायो सन्धिखर्क-चुत्रावेशी सड्क [ तस्बिर सहित](२०६७ भाद्र २२, मंगलवार)
जिल्लाको प्रमुख बजार सन्धिखर्क र चुत्रावेशी जोडने अबरुद्ध सड्क नेपाली सेनाले खुलाएको छ । वर्षाका कारण सड्क अबरुद्ध हुँदा सन्धिखर्कबाट चुत्रावेशीमा खाद्यान लगायत यात्रुवाहक सवारी साधन लामो समय देखी आवत जावत गर्न सकेका थिएनन । नयाँ बसपार्क देखी वाँगी खोलासम्मको करिब दुई सय मिटर अबरुद्ध सड्क चार दिन लगाएर सेनाले मर्मत गरेपछि सोमबार देखी सुचारु भएको छ ।
|
पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम आयोजक र अतिथि नआएपछि स्थगित(२०६७ भाद्र २१, सोमवार)
सहभागी र अतिथि अनुपस्थित रहेपछि अर्घाखाँची जिल्लामा आयोजना गरिएको एउटा अन्तरकि्रया कार्यक्रम स्थगित गरिएको छ । जिल्लाको सबैभन्दा पुरानो एकमात्र बहुमुखी क्याम्पस पाणिनी बहुमुखी क्याम्पसले आयोजना गरेको उच्च शिक्षाको विकासमा पाणिनी बहुमुखी क्याम्पस विषयक अन्तरकि्रया कार्यक्रममा आयोजक संस्थाका आधाभन्दा बढी सदस्य प्रयाप्त सहभागी र प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेल जिल्ला शिक्षा अधिकारी बिष्णु बहादुर अनुपस्थित रहेपछि कार्यक्रम स्थगित गरिएको थियो ।
|
सन्धिखर्कमा रथ यात्रा गरी श्रीकृष्णाजन्माष्टमी पर्ब धुमधामका साथ मनाईयो (२०६७ भाद्र १९, शनिवार)
श्री १०८ पांचायङ्ग मन्दिर सन्धिखर्कले श्रीकृष्णाजन्माष्टमीको अर्को दिन अर्थात नवमी तिथिका दिन सन्धिखर्कमा रथ यात्रा गरी श्रीकृष्णाजन्माष्टमी पर्ब धुमधामका साथ मनायको छ । रथयात्रा सन्धिखर्कको सान्ति बगैचाबाट सुरु गरी बजारका बिभिन्न गल्ली परिक्रमा गरीएको थियो । रथ यात्रामा सम्पुर्ण बजार बासी साथै गाँउ बाट उल्लेखीय संख्यामा सर्दालुभक्तजनहरुको उपस्थिति रहेको थियो ।
|
अर्घाखाँची नुवाकोटमा तिज गित प्रतियोगिता सम्पन्न (२०६७ भाद्र १९, शनिवार)
श्री कृष्णजन्माष्टमी २०६७को पावन अबसरमा दिपसागर युवा क्लब नुवाकोट ४ च्युरामाटी अर्घाखाचीले खुल्ला तिज गित प्रतियोगिता आयोजना गरी भब्य रुपमा मनायको छ । क्लबका अध्यक्ष शेषकान्त गैरे को अध्यक्षता श्री यसोधरा नि.मा.बिका प्र.अ. बाबुराम खनालको प्रमेख आथित्यता र अघर्कखाँची डट कम अर्घाखाँचीका सम्पादक बिनोद गैरे को स्वागत मन्तब्य र क्लबका सचिव बाबुराम गैरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियॊ ।प्रथम द्वितिय तृतिय र सान्त्वना समुद्वहलाई क्रमस १२००,१०००,र ७०० नगद साथै प्रमाण पत्रले सम्मान गरीयको थियो भने उत्कृष्ट नृत्यमा त्रिबेणी बाल बचत समुहकी सारदा पाण्डे र देउराली कृषक समुहकी चन्द्रा गैरेलाई नगद पुरस्कारले सम्मान गरीएको थियो ।
|
सन्धिखर्क र चुत्रावेशीमा खेतीयोग्य जमिन मासेर धमाधम प्लटिङ गर्ने क्रमले तीव्रता(२०६७ भाद्र १८, शुक्रवार)
सन्धिखर्क र चुत्रावेशीमा खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने क्रमले तीव्रता पाएको छ । सदरमुकामकै आसपासमा सयौ मुरी अन्न उत्पादन हुने नमुना खेतलाई भटाभट घडेरीमा परिणत गरिएको छ । प्लटिङले सदरमुकामको अन्न उत्पादन हुने जग्गा लोप हुने संकेत देखा परेको छ । सदरमुकामको सन्धिखर्क चुत्रावेशीको सडक किनारमा जग्गा सकिएपछि अन्न उत्पादित खेतलाई घडेरी बनाएर बेच्ने गरिएको छ । यस वर्ष मात्रै चुत्रवोशीको जैसी फाँटलाई चिरैचिरा बनाएर घडेरीमा प्लटिङ गरियो ।
|
अर्घाखाँचीको बल्कोट गाबिसको मन्दिरमा चोरी(२०६७ भाद्र १८, शुक्रवार)
अर्घाखाँची जिल्लाको बल्कोट गाबिसको मन्दिरमा गयराती चोरी भएको छ।बल्कोट गा बि स ४ आली डाँडामा रहेको आलम देबि मन्दिरमा अज्ञात समुहले तोड फोड गरी त्यहा रहेका सामानहरु चोरेर लगेको जनाईएको छ । मन्दिरको पुर्ब पट्टि रहेको झ्या्ल तोडेर मन्दिर भित्र पसि त्यहा रहेका २ वटा सुनका प्रतिमा खुकुरी तरबार संख लगाएतका बहुमुल्य सामान र भक्तजनले चढाएको भेटी समेत चोरहरुले लगेको प्रहरी चौकी बल्कोटले जनाएको छ।
|
हतियारसहित अर्घाखाँचीमा दुईजना पक्राउ(२०६७ भाद्र १७, विहीवार)
हतियार लिएर जंगलमा हिड्दै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले विहीवार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको सिमलपानी गाविसको सन्ताउन्नबारी भन्ने जंगलमा हतियार लिएर हिडिरहेको अवस्थामा सोही गाविसको वडा नं. ८ बस्ने धन बहादुर विक र बोविन विकलाई पक्राउ गरिएको प्रहरी नायक उपरीक्षक बुद्धिराज गुरुङले बताए । जंगलमा गस्तीमा गएको प्रहरी टोलीले उनीहरुलाई देखेपछि जंगलबाट भाग्दै गर्दा पक्राउ परेका हुन । सन्ताउन्नबारीको घनाघोर जंगलबाट दुई थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । जंगलमा जंगली जनावरको सिकार गर्न गएको उनीहरुले बताएको प्रहरीले जनाएको छ ।
|
अपहरणमा परेकि अर्घाखाँचीकी २ वर्षीय़ बालिका अपहरण मुत्त/अपहरणकारी पनि पक्राउ(२०६७ भाद्र १७, विहीवार)
वालिकालाई घरबाट अपहरण गरी लैजादै गर्दा प्रहरीले वालिका सहित अपहणकारीलाई पक्राउ गरेको छ । जिल्लाको धनचौर गाविसको धनचौर गाउँबाट दुई वर्षिय वालिका वर्षा भुसाललाई बुधवार विहान झिसमिसेमा सोही गाउँका राजु नेपालीले घरबाट अपहरण गरेका थिए । अपहरण गरी भारत लैजान लागेका उनलाई जलुकेको जंगलमा राखेको बेला विहीवार राती प्रहरीको गस्ती टोलीले दुवै जनालाई पक्राउ गरेको डिएसपी बुद्धिराज गुरुङले बताए । वालिका हराएपछि उनकी आमा राधाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोजीकार्य गर्दा पक्राउ परेका थिए । बालिका लिएर भागेका नेपाली विहीबार राती जलुकेको जंगलमा बास बसेको अवस्थामा जुलेके प्रहरी चौकीले जंगलमा फेला पारेको गुरुङले बताए ।
|
अर्घाखाचीमा कुलतमा फसेका युवाहरु विकास निर्माणमा(२०६७ भाद्र १५, मंगलवार)
एकवर्ष पहिले सम्म कुलतमा लागेर दिन विताउने अर्घाखाँचीका युवाहरु चेतना फैलाउँदै गाउँको विकासमा लागि परेका छन् । सर्वोत्कष्ट जीवन शाश्वत चिन्तन नामक एक सामाजिक संस्थाले साँचो जीवननिर्माण सम्बन्धि सचेतनामूलक तालिम दिएपछि यहाँका युवाहरु आफ्नो पुरानेा व्यावहार त्यागी गाउँको विकासमा सकि्रय भएका हुन । दिनभर जुवातास र रक्सीमा लीने युवाहरु अहिले गाउँमा सडक निर्माणवृक्षारोपण सरसफाई विद्यालय निर्माण र वनसंरक्षणमा जटेका छन् र काम गर्ने उमेरका युवाहरु कुलतमा लागेर दिन विताएको देख्दा आजीत बनेका अभिभावकहरु पनि अहिले छक्क परेका छन् ।
|
अर्घाखाँची सहकारी बचत समुहको सचिवालय बैठक सम्पन्न, अर्घाखाँची टाईम्सलाई भारतमा बिस्तारगर्ने सम्बन्धमा छलफल (२०६७ भाद्र १५, मंगलवार)
भारतका कुना कुनामा आफ्नो प्रबासिया जिबन बिताउन बिबस प्रबासी अर्घाखाँची बासिहरुलाइ गोलबन्द गर्ने उद्देश्य सहित संचालित भयको प्रबासी अर्घाखाँची सहकारी बचत खाता समूह (भारत) को सचिवालय बैठक दिल्लीको पाण्डव नगरमा सम्पन्न भएको छ ।प्रबासी नेपाली हरुको आवाजलाइ आम जनता को बीच सम्म पुर्याउने माध्यमको रुपमा इस्थापित गर्ने उदेश्यले प्रबासी नेपालीको आफ्नै पत्रिका अर्घाखाँची टाइम्सलाई भारतको दिल्लीबाट संचालन गर्ने सम्बन्धमा समेत छलफल चलेको जानकारी बिष्णु केसीले दिनु भयो । हालै मात्र अर्घाखाँची टाईम्स - अर्घाखाँची डट्कम् ले भारतको न्यु दिल्हीबाट समेत सन्चालन गर्ने योजना राखेको सस्थाका सस्थापकहरुले जनाए पछी त्यहा स्थित अर्घाखाँची बासी बिच छलफल र समन्यव गर्दै अगाडि बड्ने जिम्मा दिए बमोजिम काम अध्ययन सुरु गरिएको अर्घाखाँची डट्कम् (टाईम्स)को अन्तराष्ट्रिय क्षेत्र हेर्ने बिशेष बिभागले जनाएको छ ।
|
अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीले जिल्ला प्रसासन कार्यालयमा ज्ञापन पत्र (२०६७ भाद्र १४, सोमवार)
अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीले जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीमा ज्ञापन पत्र बुझायको छ । २०६७ असार २४ गते अर्घाखाँची जिल्ला हंसपूर गा।बि।स बाड नं ४ मेहल्पानी निबासी श्री अर्घा मेहल्पानी मा।बि मा कार्यरग शिक्षक तथा हंसपूर स्रोत केन्द्रका पेसागत बिकाश तालीमका रोष्टर प्रशिक्षक श्री धर्म बहादुर राउतको अभिलम्ब छानबिन गरी हत्यारा पत्ता लगाई कडा भन्दा कडा कानुनी कार्यबाही गर्न र पिडित पक्षलाई क्षतिपुर्तिको ब्यबस्था गर्न अ ने रा शि संघ जि स अर्घाखाँचीका अध्यक्ष कमल प्रसाद घिमिरको नेतृत्वमा ५ सदस्सीय प्रतिनिधि मण्डलले आज जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीमा निम्ना अनुसारको ज्ञापन पत्र बुझायको छ ।
|
अर्घाखाँची सहकारी बचत खाता समूहको बंठक भारतको दिल्लीमा सम्पन्न(२०६७ भाद्र १४, सोमवार)
प्रवासमा रहेका अर्घाखाँचीवासीहरुलई गोलबद्ध गर्ने उदेश्यले र सामूहिक सामाजिक विकासमा परिवर्तन ल्याउने उदेश्यले सूरु भएको प्रवासी अर्घाखाँची सहकारी बचत खाता समूहक भारतको सचिवालय बंठक दिल्लीको पाण्डवनगरमा सम्पन्न भएकॊ छ । संस्थाका महासचिव जयप्रकाश खनालले संाचालन गरेको सो कार्यव्रुममा प्रवासमा आर्थिक उपार्जनका लागि संघर्षरत प्रवासी अर्घाँखाँची वासीहरुलाई एकजुट पार्ने र उनको आर्थिक र सामाजिक स्थिति बलियो बनाउने प्रयास सो समूहले गरिरहेको र अगामी दिनमा अझै ग्राहकवर्गमा कसरी थप र व्यावस्थीत सेवा पुर् याउन सकिन्छ भन्ने विषयमा गम्भीर मंन्त्रणा भएको थियो
|
हृदयघातबाट मृत्यु भएका अर्घाखाँची ढाकाबाङका युवाको परीवारलाई एकता समाज यूएई बाट आर्थिक सहयोग (२०६७ भाद्र १४, सोमवार)
गत जुलाईमा यूएईमा हृदयघातबाट मृत्यु हुन पुगेका अर्घाखाँची ढाकाबाङका भत्त बहादुर गमालको घर परिवारलाई यूएई बाट करिब १ लाख नेपाली रुपैया बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।नेपाली एकता समाजको यूएई क्षेत्रिय समिती सारजाह अन्तरगत रहेर लामो समयसम्म सकृयरुपमा कार्यरत गमालको कार्यको उच्च मुल्याकन गरी घरको नाजुक आर्थिक अवस्था लाई मध्यनजर गर्दै एकता समाज यूएईका केन्द्रिय उपाधक्ष्य कृष्ण केसी को नेत्रित्व तथा उनी कार्यरत कम्पनीका स्टाफहरुको सहयोगमा सलकन गरिएको रकम उनकी श्रीमती जानकी गमालको नाम मा सन्धिखर्क स्थित आई.एम.ई.शाखा को खाता नम्बर १००६८०२३६१०७२२ मा गत हप्ता १ लाख नेपाली रुपैया बराबरको आर्थिक सहयोग पठाई राहत प्रदान गरिएको हो ।
|
दिपशागर यूवा क्लवको तेस्रो बार्षिक साधारण सभा सम्पन्न(२०६७ भाद्र १४, सोमवार)
दिपशागर यूवा क्लव नुवाकाट-४ च्यूरामाटी अर्घाखाँचीको तेस्रो बार्षिक साधारण सभा क्लबका उपाध्यक्ष मिना गैरेको अध्यक्षता र चेतनारायण गैरेको प्रमुख आथित्यमा सम्पन्न भएको छ । पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन प्रमुख अथिति चेतनारायण गैरे गर्दै देशको बर्तमान अबस्था र यूवाहरुको भूमिका बारेमा बोल्दै कुनै पनि संस्था क्लब खोल्नु मात्र ठुलो कुरा नभई संस्था र क्लब खोली के कति काम गर्न लागीपरिन्छ भन्ने महत्वपूर्ण भएको भन्दै सबैलाई हातेमालो गरी ग्रमीण बिकाशमा लाग्न आग्रह गर्नु भएको थियो
|
अर्घाखाँचीका सडक निर्माणमा अनियमितता भएको आशंका (२०६७ भाद्र १३, आइतवार)
जिल्ला विकास समितिबाट संचालित योजनाहरुमा सबैभन्दा बढी बजेट सडक निर्माणमा दुरुपयोग हुनेगरेको छ । ६ महिनासम्मको जनश्रमदानबाट स्थानीय बासिन्दाहरुले जिल्लाका गाउागाउामा मोटर पुरुयाएपछि त्यो मोटर बाटो ठूलारुबडाहरुको लागि मागिखाने भाडा बनेका छन् ।स्थानीय बासिन्दाहरुले करोडौंको जनश्रमदानबाट निर्माण गरेका ग्रामीण सडकहरुमा पछिल्ला केही वर्षयता ग्रामीण सडकहरु फराकिलो पार्ने र नयाा सडक खोल्ने नाममा डोजर, स्काभेटर भ्याकुलगायका भारी उपकारणहरु संचालन गरेर भिराला बस्तीहरु छियाछिया पारिएको छ । जिल्ला विकास समितिले अघिल्लो आर्थिक वर्षमा करिब दुई तिहाई बजेट सडकमा विनियोजन गरेको थियो । जिल्ला विकास समितिले बजेट विनियोजन गर्दा जनताको माग, बालिका दीगो विकास, पर्यावरणीय क्षेत्र, स्थानीय बासिन्दाहरुमा पर्नसक्ने प्रभावलगायतका कुनैपनि आधारमा दलीय मिलोमतो र व्यक्तिगत लाभलाई आधार बनाएर बजेट वितरण गरेका कारण विकासका काममा जनसहभागिता जुटाएर राम्रोकाम गर्न नसकेको स्थानीय बासिन्दाहरुको भनाइ छ ।
|
अर्घाखाँचीको गाउ गाउमा भैंसीको अभाव/मासुका लागी गुल्मीमा भैंसी बिक्रीमा रोक(२०६७ भाद्र १३, आइतवार)
अर्घाखाँची जिल्लामा भैंसीको अभाव हुन थालेको छ । भैंसी ब्यापारीहरुले मासुका लागि थारो भैंसी र दुहुना भैंसी समेत गाउगाउबाट खरिद गरी शहरमा लगेर बिक्री गर्न थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो । मासुका लागि पाडा र राागाहरु मात्र बिक्री हुने गरेकोमा ३ वर्षयता भैंसीका पाडी र दूध दिने भैंसी सेमत शहरमा विकासी हुन थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो । मासुका लागि पाडा र राागाहरु मात्र बिक्री हुने गरेकोमा ३ वर्षयता भैंसीका पाडी र दूधदिने भैंसी समेत शहरमा निकासी हुन थालेपछि जिल्लामा भैसीको अभाव हुन थालेको हो । बर्केना थारो भैंसीलाई जिल्लामा २ वर्ष पहिलेसम्म ६ हजारदेखि ९/१० हजारसम्ममा बिक्री हुने गरेकोमा भैंसी व्यवसायीहरुले बर्केना र थारो भैंसी १२ देखि २० हजारसम्ममा खरिद गर्न थालेपछि जिल्लामा भैंसी रित्तिन थालेका हुन् । गुल्मीको वडागाउा र मुसिकोटका बासिन्दाले मासु प्रयोजनका लागि भैंसी बिक्री गर्न रोक लगाएका छन् । उनीहरुले केही दिन अघि सो गाउाबाट वाग्लु र पोखरातर्फ लैजान लागेका भैंसी नियन्त्रणमा लिएका छन् । यसै बिच छिमेकी जिल्ला गुल्मीमा समेत भैंसी अभाव हुन थालेपछी बिक्रीबितरण कार्यलाई रोकिएको छ
|
अर्घाखाचीमा भृकुटी डेभलपमेण्ट बैंक द्वारा दोश्रो काउण्टर संचालनमा(२०६७ भाद्र १३, आइतवार)
भृकुटी डेभलपमेण्ट बैंक लिमिटेडले ११ औं शाखाको रुपमा अर्घाखांाची जिल्लाको सदरमुकाम सन्धिखर्क बजारमा विहिबारदेखि एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकको अधिकृत पूंजी ४० करोड चुक्तापूंजी २३ करोड रहेको र आ.व.०६६/६७ मा १ अर्ब ५० करोड निक्षेप संकलन तथा १ अर्ब ४३ करोड लगानी तथा कर्जा प्रवाह गरी संचालन मुनाफा ९ करोड ६३ लाख आर्जन गरेको बैंकका प्रवन्ध निर्देशक लोकनाथ भुसालले जानकारी दिए ।उनले रुपन्देही, कपिलवस्तु, नवलपरासी र अर्घाखांची जिल्लाबाट आफ्नो कारोवार संचालन गर्दै आएको र निकट भविष्यमा नै राष्टिय स्तरको डेभलपमेन्ट बैंकको रुपमा विस्तार गर्ने गृहकार्य भईरहेको बताए । यस अघि नै बैंकले अर्घाखाची जिल्लाको चुत्रावेशी बजारमा शाखा संचालन गरिसकेको छ ।ग्रामीण जनता माझ अत्याधुनिक सेवा र सुविधा पुराउने उद्देश्यले संचालनमा ल्याइएको यस काउण्टरबाट चाहेजति रकम झिक्न र राख्न सक्ने,सबै खाले रेमिट्यान्सको भुक्तानी, एविविएसलगायतका सेवा सुविधाहरु प्रदान गरिने उक्त कार्यक्रममा भुसालले जानकारी दिए ।
|
सर्बोत्कृष्ट जिबन शास्वत चिन्तन सन्धिखर्कमा केन्द्रित भई अभियान बिस्तार गर्ने(२०६७ भाद्र १२, शनिवार)
सर्बोत्कृष्ट जिबन शास्वत चिन्तन साचो जिबन निर्माण अभियान अर्घाखाँचीको ४२ गाबिसमा अभियान साचालन गर्ने क्रममा सन्धिखर्कमा केन्द्रित भई अभियान बिस्तार गर्ने भएको छ । संस्थाले यहि भाद्र ६ गतेबाट सन्धिखर्क वरिपरिका बिद्यालयहरुमा संस्था र बिद्यालयबाट २।२ जना बिद्यार्थीहरुलाई अभियान प्रतिनिधिको रुपमा छनोट गरीयको छ ।
|
अर्घाखाँचीको सन्धिखर्कमा एक जनाको करेन्ट लागेर मृत्यु / सिद्धारामा एक जना मृत अबस्थामा फेला(२०६७ भाद्र ११, शुक्रवार)
अर्घाखाँचीका दुई ठाउँमा भएका छुटाछुटै दुर्घटनामा शुक्रवार २ जनाको ज्यान गएको छ । सन्धिखर्क निवासी लक्ष्मी श्रेष्ठको शुक्रवार विहान करेन्ट लागेर घाईते भएकी श्रेष्ठलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा बाटोमा ज्यान गएको हो । सन्धिखर्क गाविस वाड नं ३ जयनेटा निवासी ६७ बर्षिय श्रेष्ठले बारीमा घास काटने क्रममा करेन्ट लागेर ज्यान गएको परिवारले जनाएको छ । पोल बानेको तारमा करेन्ट प्रबाह भए पछि घास काट्दै गरेकी महिलाको करेन्ट लागेर ज्यान गएको प्रहरीले बताएको छ ।
|
आज अर्घाखाँची बजार बन्द(२०६७ भाद्र ११, शुक्रवार)
सन्धिखर्क चुत्रावेशीका समाजसेवी खेमराज भुसालको ७० वर्षको उमेरमा हृदय घातका कारण विहिवार राती मृत्यु भएको छ । भुसालको मृत्युले जिल्ला शोकमग्न छ । उद्योग वाणिज्य संघले शोकमा शुक्रवार आज सन्धिखर्क चुत्रावेशी बजार बन्द गरेको छ । २०३२ सालमा सन्धिखर्कमा सदरमुकाम ल्याउन भुसालले नेतृत्व गरेका थिए । जिल्लाको बजार व्यावस्थापन गर्न उनको ठुलो योगदान भएको उद्योग वाणिज्य संघका सचिव नेत्र भुसालले बताए ।
|
अर्घाखाँचीका गाउँगाउँमा उच्चमावि विद्यार्थीहरु शहरमा,गाउँमा बिधार्थीको अभाब,शैक्षिक स्तर चिन्ताजनक [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित](२०६७ भाद्र ८, मंगलवार)
अर्घाखाँची जिल्लामा उच्च मावि खोल्ने लहरनै चलेको छ । जिल्लाका गाउँगाउँमा क्याम्पस र उच्च मावि खुलेका भएपनि जेहेन्दार विद्यार्थीहरु भने उच्च शिक्षा पढ्नका लागि बाहिरिने क्रम रोकिएको छैन ।गाउँमा क्याम्पस र उच्च मावि संचालन भएपनि राम्रो विषय नहुनु भौतिक निर्माण योग्य र अनुभवी शिक्षकको कमीका कारण एस्एल्सीमा राम्रो नतिजा ल्याएका विद्यार्थीहरु उच्च मावि पढ्नका लागि काठमाडौं बुटवललगायत देशका अन्य सहरमा जाने गरेको अभिभावकहरुको भनाइ छ ।जिल्लामा संचालित उच्च माविहरु मध्ये अधिकांश उच्च माविहरुले योग्यता पुगेका शिक्षक नियुत्ति गर्नुको सट्टा थोरै तलबमा तल्लो योग्यताका शिक्षक र माध्यमिक तहमा पढाउने शिक्षकहरु बाट नै उच्च मावि संचालन गरेका छन् ।
|
अर्घाखाँची अस्पतालमा विरामीको भुईमै उपचार [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित](२०६७ भाद्र ८, मंगलवार)
जिल्ला अस्पतालमा विरामीको चाप बढेपछि बेड अभावमा भुईमै उपचार भईरहेको छ । वर्षायाम शुरु भए लगत्तै झाडापखाला टाईफाईटज्वरो डाईरिया निमोनिया जण्डिसका विरामीको सख्या दैनिक ५० भन्दा बढी आउने गरेका छन । विरामीको सख्या धेरै भएपछि बेड अभावमा भुईमा सुताएर विरामीको उपचार भैरहेको अस्पतालले जनाएको छ ।
|
सन्धिखर्कमा १० लाख रुपैया आर्थिक सहयोग गरेपछि बिद्यालयको नाम परिबर्तन [अर्घाखाँची रेडियो अन्लाईन-अडियो र तस्बिर सहित] (२०६७ भाद्र ८, मंगलवार)
 सन्धिखर्क गाविस वाड नं ६ निवासी ७० बर्षिय चित्रकला खनालले बिद्यालयलाई १० लाख रुपिया आर्थिक सहयोग गरेपछि बिद्यालयको नाम परिबर्तन भएको छ । सन्धिखर्क गाविस वाड नं ६ मा रहेको युवावर्षा जनता मावि लाई ७० बर्षिय चित्रकला खनालले १० लाख रुपिया प्रदान गरेपछि आफु र आफ्नो स्वगिर्य पतिको नामवाट युबाबर्ष रबिचित्र माध्यमिक विद्यालयको नामाकरण गरिएको हो ।
|
नेपाली काग्रेस धनचौर अर्घाखाँचीको भेला सम्पन [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित](२०६७ भाद्र ८, मंगलवार)
नेपाली काग्रेस धनचौर गाँउ कार्य समिति अर्घाखाँचीको आयोजनामा अन्तरकि्रया तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा क्षेत्रीय प्रतिनिधि गोबिन्द प्रसाद भटराई साबित्रा खनालगिरबहादुर नेपाली नेबिसंघका शेषकान्त गैरे कृष्णप्रसाद भटराई नेपाली काग्रेस धन्चौरका स्थानीय नेताहरु हेमराज भटराई धर्मराज भटराई ऋषीराम चटराई शिक्षक स।घका शालिकराम भटराई मन्तब्य राख्नु भएको यिो ।
|
पेशा जोगाउँदै अर्घाखाँचीका गन्द्रव बालवालिका [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित](२०६७ भाद्र ६, आइतवार)
लोप हुदै गएको संस्कृती र पेशालाई गन्द्रव बालवालिकाले जोगाउन थालेका छन । कुनै बेला सारगी बजाएर गाउँ भरी मिठो गित गाउँदै जीवन निर्वाह गर्दै आएका उनीहरु पछिल्लो पटक पेशा लोप हुदै गएपछि आफनो सस्कृतीलाई बचाउन बालवालिकाले सारगी बजाएर गीत गाउन सिक्न थालेका छन । पहिला देश र गाउँ घरमा भएका गतिविधि र घटनाक्रमलाई गन्द्रवले आपनो सारगी रेटदै गीतको माध्यमबाट गाउँलेलाई सुचना दिन घर र घरमा डुल्ने गथ्ये । तर पछिल्लो पटक उनीहरुले गाउने गीत सुचना रेडियो टेलिभिजन र पत्रपत्रिकामा आउन थालेपछि उनीहरुको पुख्यौली पेशा संकटमा पर्दै गएपनि लोकपि्रय रुपमा रहेको सस्कृतीलाई मेटाउन हुदैन भनेर आपना बालवालिकालाई सारगी रेटेर गीत गाउन सिकाउन अभिभवक लागेका छन ।
|
अर्घाखाँचीको छत्रगञ्जमा मामा दाईद्धारा भान्जाको हत्या [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित](२०६७ भाद्र ९, बुधवार)
मामा दाईले आफनै भान्जा भाईको हत्या गरेका छन । मामा दाई हस्त बहादुर मुखियाले भान्जा भाई दिपक मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्लाको छत्रगजको दुनिचौर भन्ने ठाउँमा दिपकको शव मृत्य अवस्थामा फेला परेको छ । शनिवार विहान दुवै जना केरुगाको दाङ्गसिग खेतमा पानी लगाउन सगै गएका उनीहरु बेलुका छत्रगाज स्थित घर फर्कदा बीच बाटोमा आपसमा झगडा भएपछि हानाहान गर्दा हस्त बहादुरले दिपकलाई धारिलो हसिया प्रहार गरी हत्या गरेका थिए ।
|
अर्घाखाँचीको नरपानीमा बन्द भएको चुनढुङ्गा उत्खनन पुनःसुचारु [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित](२०६७ भाद्र ६, आइतवार)
स्थानिय बासीन्दाहरुको बिरोधका कारण २ महिनादेखी अर्घाखाँचीको नरपानीमा बन्द भएको चुनढुङ्गा उत्खनन पुनःसुचारु भएको छ । चेनढुङ्गा उत्खनन प्रभाबित संघर्ष समितिका सदस्य र डाइनेष्टीक इन्ड्रष्टीज नेपाल प्रा।लि बिच भएको छलफलबाट ६ बुदे सम्झैता भएपछि चुन ढुङ्गा उत्खनन सुरु भएको छ । दूई पक्षका बिच भएको सम्झैतामा डाइनेष्टीक इन्ड्रष्टीज नेपाल प्रा।लिले पूराना सहमति कार्यान्यन गर्ने अर्घाखाँची पहिचान खुल्ने गरी उद्योगको नामाकरण गर्ने ठाडा दहमा फुलबारी निर्माण गरी २ वटा डुङ्गा उपलब्ध गराउने नरपानी गाबिस ७ मा रहेको बिद्यालयलाई माध्यमिक बनाउन सहयोग गर्ने नरपानी ७ मा स्वास्थ चौकी राख्न सहयोग गर्ने सित खोलाले कटान गरेको ठाउमा तटबन्ध गर्न तारजाली उपलब्ध गराउने सम्झौता गरीयको छ ।
|
अर्घाखाँचीमा देउराली यातायात ब्याबसायी समितिका पदाधिकारीहरुद्वारा सयुक्त राजिनामा [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित](२०६७ भाद्र ६, आइतवार)
देउराली यातायात ब्याबसायी समिति अर्घाखाँचीका १५ जना पदाधिकारी हरुले सम्यूक्त राजिनामा दिएका छन् । समितिका बरिष्ठ उपाध्यक्ष गोबिन्द बिसी समेतका पदादिकारी हरुले अध्यक्षले निरंकुस र भष्ट्रबनी संस्थाको बिधान बिपरित कामगरेको आरोप लगाउदै सम्यूक्त रुपमा राजिनामा दिएका हुन ।
|
अर्घाखाँचीको सिद्धारामा भीरबाट खसेर भाईको मृत्यु, दिदी घाईते [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित](२०६७ भाद्र ५, शनिवार)
विद्यालयबाट दिदीसँगै घर फर्कदै गरेका बालकको भीरबाट लडेर मृत्यु भएको छ । बालिक सामान्य घाईते भएकी छिन । सिद्धारा गाविसको वडा नं. ३ स्थित भृकुटी प्राविबाट चार बजेको छुटीपछि घर तर्फ जादै गर्दा बीच बाटोमा चिप्लिएर लडेपछि छागोबाट खस्दा शुक्रवार चार वर्षीय बालक शिशिर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दिदी शान्ताले बोकेर घरतर्फ लैजादै गरेकी थिईन । अर्घाखाँची रेडियो अन्लाईनको पुरा समाचार सुन्न भित्र जानुहोला ।
|
|
|