arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राजनिती

प्रदेश-७ मा ५३ सदस्यमध्ये ५२ जनाले लिए शपथtext size increase   text size decrease   Print    rss (२०७४ माघ ८, सोमवार)

कैलाली, माघ ७ । प्रदेश नम्बर-७ का सदस्यहरुले आइतबार कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा शपथ लिएका छन् ।

बिहान ११ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम दिउँसो २ बजेमात्र सुुरु भएको थियो ।

प्रदेशप्रमुख मोहनराज मल्ल काठमाडौंबाट आउन ढिलाइ भएका कारण शपथ कार्यक्रम ढिलो सुरु भएको हो । मौसममा आएको खराबीका कारण प्रदेशप्रमुख मोटर बाटो हुँदै धनगढी आएका थिए ।

धनगढी पुगेलगत्तै घरेलु कार्यालयमा रहेको प्रदेशप्रमुखको कार्यालयमा पदभारग्रहण गरेलगत्तै उनी जिल्ला समन्वय समितिको हलमा पुगेका थिए ।

प्रदेशप्रमुख मल्लले प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्यश्वरी शाहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । त्यसलगत्तै शाहले अरु प्रदेश सांसदहरुलाई शपथ गराइन् ।

प्रदेश–७ मा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ गरी कुल ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

शपथ कार्यक्रममा एकजना सदस्य भने अनुपस्थित रहे । अनुपस्थित हुनेमा डोटीका भरत खड्का सांसद सचिवालयले जानकारी दिएको छ ।

सोक्रममा समानुपातिकबाट सदस्य चुनिएकी चुनकुमारी चौधरी पनि अनुपस्थित रहेकी थिइन् । तर, उनले आइतबारै पछि शपथ लिएकी छन् । उनी काठमाडौंबाट आइपुग्न ढिला हुँदा उनले पछि शपथ लिएको जनाइएको छ ।

अहिलेलाई प्रदेशसभा बैठकका लागि जिल्ला समन्वय समितिको हललाई नै प्रयोग गरिने बताइएको छ ।

यसअघि, धनगढी आउँदै गरेका प्रदेशप्रमुख मल्ललाई बौनियामा रहेकी उनकी माइली आमाले सगुनस्वरुप दही खुवाएर टीका लगाइ आशिर्वाद दिएकी थिइन् ।

मल्ल आउने जानकारी पाएपछि राजमार्गमा रहेको बौनिया र सुखडमा स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।

पदभारग्रहणपछि प्रदेशप्रमुख मल्लले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।  इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
६८ औँ प्रजातन्त्र दिवस मनाइयो
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरुले पनि सपथ लिए
टोपबहादुर रायमाझिको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने उपप्रधानमन्त्री सहित गृह रायमाझीलाई
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
http://go.oclaserver.com/afu.php?zoneid=1465736