arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

साउदीमा नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवालमा चासो text size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३१, शनिवार)

         
  
तेज थापा
साउदी अरव (अर्घाखाँचीडटकम) । करिब ५ लाख भन्दा बढि संख्यामा नेपाली कामदारहरू खाडिमूलक अन्तर्गत साउदीमा नेपाली कामदारहरू श्रम बेचिरहेका छन् ।

 बिभिन्न कारणवस कतै न कतै नेपाली कामदारहरू पिडित बनिरहेका छन् भने चेतनाको कमि वा स्वास्थ्यमा हेलचेक्राइ गर्दा अकालमा ज्यान गुमाउने नेपाली कामदारहरूको कमि छैन साउदी अरबमा  नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवाल पेचिलो बन्दै जादा साउदी अरबमा उनिहरूले पाउनु पर्ने हकहित र सचेतना बाडि पेशालाइ मर्यादित बनाउन नेपाली राजदूतावास रियाद साउदी अरब तथा एनआरएनए साउदी अरब लगायत साउदीमा कृयाशिल नेपाली संघ संस्थाहरूले आ आफ्नो स्थानबाट बिभिन्न कार्यक्रम आयोजना गरि पहल गर्दै आइरहेको छन् ।

 यसै सिलसिलामा नेपाली राजदूतावास रियाद साउदी अरबको आयोजना तथा एनआरएनए क्षेत्रिय समन्वय समिति अलकासमिको सहकार्यमा हिजो १४, जुलाइ, २०१७ साउदी अरबको अल कासिम स्थित बुरैदामा एक कार्यक्रम सम्पन्न भएकोछ । बिहान ११ बजेदेखी सुरूवात गरिएको कार्यक्रम राजदुतावासका सहचारी सन्तोष कुमार अधिकारीले संचालन गर्नुभएको थियो ।

 राजदुतावासका रियाद साउदी अरबका नियोग उपप्रमुख श्री आनन्द प्रसाद शर्मा ज्युको सभापतित्वमा सम्पन्न कायक्रममा एनआरएनए एनसिसि साउदी अबरका सचिव तथा नेपाली राजदुतावासका अबैतनिक स्वयम सेवक प्रतिनिधि बिशाल कुमार श्रेष्ठले अथितिको रूपमा सहभागिता जनाउनु भएको थियो । त्यसै गरि नेपाली राजदूतावा रियादका श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, प्रथम सचिव बिजय कुमार रावत, द्वितिय सचिव बिपिन द्वाडी लागयतको दुतावास टोलि, अलकासिमबाट एनआरएनए एनसिसि तथा आरसिसिका पदाधिकारीहरू, एनआरएनए कर्मीहरू लगायत नेपाली जनसमुदायहरूले उक्त कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो ।

 एनआरएनए आरसिसि अलकासिमका सचिव रम्जादनदिन मियाले दिनुभएको जानकारी अनुसार कार्यक्रमको मुख्य उदेश्य श्रमिकहरुको हक, हित, स्वास्थ्य सुरक्षा तथा बिभिन्न श्रमिक समस्याहरुको बारेमा सचेतना बाड्नु रहेको थियो । आसन ग्रहण, नेपाली राष्ट्रिय गान हुदै सुरूवात गरिएको कार्यक्रमलाइ बिभिन्न ३ चरणमा बिभाजन गरिएको थियो । प्रथम चरण अन्तर्गत उपस्थित श्रमिकहरुलाई श्रमिक समस्या फर्म बाडि उनिकहरूको समस्या र जानकारी हासिल गरिएको थियो ।

 दोस्रो चरणमा श्रमिकहरुको समस्याका, नेपाली कामदारहरूको स्थिति सहितको अभिलेख, प्रतिबेदन तथा समस्याहरुको समाधानका बिषयबस्तु सामेल गरि दृष्य प्रदशनि गरिएको थियो भने तेस्रो चरणमा सहभागिहरू बिच प्रश्नोत्तर कार्यक्रम चलाइएको थियो । मन्तव्यको क्रममा एन सी सी साउदी अरबका सचिव श्री बिशाल कुमार श्रेष्ठ ज्युले अल कासिममा कृयाशिल एनआरएनए कर्मिहरूले राजदुतावाससँग समन्वय गरि धेरै नेपाली पुरष तथा महिला श्रमिकहरूका समस्या समाधान गरिएको बताउदै आगामि दिनहरुमा पनि एन आर एन ए अल कासिमबाट श्रमिकको हक-हितका लागी राजदुतावाससँग समन्वय गर्दै अगाडी बढ्ने जानकारी गराउनु भएको थियो ।

 सो अवसरमा ११ जना कामदारहरूको श्रमिक समस्या फारम बुझ्दै उनिहरूको समस्यालाइ दुतावास नियोग उप प्रमुख श्री आनन्द प्रसाद शर्मा ज्युले सम्बोधन गर्नुभएको थियो । दृष्य प्रदशनि अन्तर्गत राजदुतावासका श्रम सहचारी अम्बिका प्रसाद अधिकारी ज्युले साउदीमा रहेका श्रमिक समस्या, समाधानका उपाय तथा सचेतना सम्बन्धि जानकारी दिनु भएको थियो भने प्रथम सचिव बिजय कुमार रावत द्वारा साउदी अरब भित्र छरिएर रहेका नेपालीहरुको दुर्घटनाका केसहरु, जेल भित्र रहेका नेपालीहरु तथा उनीहरुलाई गरिएको उद्दारको बार्षिक तथ्याङ्कहरु प्रदशन गर्दै सबै नेपाली श्रमिकहरुलाई यस्ता समस्याहरुद्बाट बचेर काम गर्न सल्लाह सुझाब दिनु भएको थियो । त्यसैगरि उहाँले साउदी अरबमा महिला घरेलु कामदारका रुपमा अन्य देशको बाटो हुदै साउदी आईपुगेका र उनिहरुले भोग्नु परेका शारिरिक, आर्थिक तथा मानसिक पिडाहरु उल्लेख गर्दै पिडित महिलाहरुको उत्थान गरि नेपाल फर्काईएको विवरणहरु समेत प्रस्तुत गर्नु भएको थियो ।

 प्रदशिन कै क्रममा राजदुतावासका द्वितिय सचिव बिपिन दुवाडी ज्युले साउदी अरब भित्र रहेका नेपाली श्रमिकहरुको मृत्युको विबरण, साउदी अरबको क्षेत्रगत तथा नेपालको जिल्लानुसारको तथ्याङ्क प्रस्तुत गर्दै बिभिन्न कारणले साउदीमा मृत्यु हुनेको संख्या औसतमा बताउनु भएको थियो ।

यसरि नेपालीहरु दिनानुदिन मृत्यु हुने बिभिन्न कारणहरु बताउँदै यस्ता कारणहरुबाट आफुलाई बचाउनु पर्ने, स्वास्थ्य तथा खान पानमा बिषेश ध्यान दिनु पर्ने जस्ता चेतनामुलक सन्देशहरु बाड्दै समस्या राख्नको लागी दुतावासको सम्पर्क नम्वर समेत श्रमिक माझ जानकारी गराउनु भएको थियो । कार्यक्रमको अन्तिम चरणमा श्रमिकहरुद्वारा दुतावास प्रतिनिधि समक्ष राखिएका समस्याहरु र समाधानका लागि राय, सल्लाह सुझावहरु दिनुहुदै दुतावासका नियोग उप प्रमुख श्री आनन्द प्रसाद शर्मा ज्युले श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रम अहिलेको परिस्थितिमा निकै नै महत्वपूर्ण रहेको र यस्ता कार्यक्रमहरु कम्तिमा ६/६ महिनामा आवश्यक रहेको बताउनु भएको थियो भने आगामी दिनहरूमा दूतावासले ३ महिनामा एक पटक गर्ने कोशिस गरिरहेको जानकारी दिनुभएको थियो । कार्यक्रमका दौरान ९ जना नेपाली श्रमिकहरूलाइ दुतावासद्वारा यात्रा अनुमित पत्र प्रदान गरिएको  बुरैदा अल कासिमबाट रम्जानदिन मिया ले बताएका छन् ।


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
दिल्लीबाट हराएका मोहन बहादुर पछाइको खोजी
हरियाणाको गुड्गावमा नेपाली देशभक्त आवाजको प्रथम क्षेत्रीय समिती गठन (तस्बिर सहित)
अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग
दिल्लीमा पहिलोपटक नेपाली महोत्सव २०७५ मनाइने (तस्बिरमा)
नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न
दिल्लीमा सुपा देउराली ट्रावल्सको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (तस्बिर सहित)
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
http://go.oclaserver.com/afu.php?zoneid=1465736