arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
तस्विर

बाटो खन्दै: अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड न ४ पटौटीमा बाटाे खन्ने क्रममा । वर्षाको कारण यहाँको सडक अस्तव्यस्त भएको छ । तस्बिर: राज बेल्बासे, अर्घाखाँचीडट्कम, (२०७४ भाद्र ३, शनिवार)

रोपाई जात्रामा:- श्रीकृष्णअष्टमीको अवसरमा सन्धिखर्कमा आयोजित रोपाई जात्रामा विद्यालयबाट सहभागी बालिकाहरु । तस्बिर: शिव बेल्बासेबाट, अर्घाखाँचीडट्कम, (२०७४ श्रावण ३१, मंगलवार)

बाढीले बेहाल: बुटवल बेलहिया व्यापारिक मार्ग क्षेत्रभित्र रहेको तिलोत्तमा नगरपालिका स्थित भलबारीको दृश्य । तस्बिर: कृष्ण खनाल, अर्घाखाँचीडट्कम, प्रकासित मिती: २०७४ श्रावन ३० सोमबार

बाँगी खाेला: अविरल वर्षापछि अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित बाँगी खाेलामा । तस्बिर: बिनु अधिकारीबाट, अर्घाखाँचीडट्कम, २०७४ श्रावन १५ आइतवार

सम्मान वनभोज कार्यक्रम: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका वार्ड नम्बर ४ कांग्रेसको शनिबार सम्पन्न वनभोज तथा जनप्रतिनिधी सम्मान कार्यक्रममा । - अर्घाखाँचीडट्कम, (२०७४ श्रावण १४, शनिवार)

वनभोज कार्यक्रम: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका वार्ड नम्बर ४ कांग्रेसको शनिबार सम्पन्न वनभोज तथा जनप्रतिनिधी सम्मान कार्यक्रममा । - अर्घाखाँचीडट्कम, (२०७४ श्रावण १४, शनिवार)

ब्रह्मकुमारी ईश्वरीय बिश्व विद्यालयमा:- सधैका बर्षहरुमा जस्तै यस बर्षपनी ब्रह्मकुमारी ईश्वरीय बिश्व विद्यालयमा रक्षा बन्धन बाधिँएको छ । शुक्रबार विहानै विश्वविद्यालयकी कृतिद्धारा बजारबासीँलाई रक्षा बन्धन बाधिदिनु भएको हो । बिहानै देखि दर्जनौं बजारबासी महानुभाबहरुले राखी बाध्नु भयो भने यो आज दिनभरी नै चल्ने बताउनुभयो । तस्विर : घनश्याम पौडेल (२०७४ श्रावण १३, शुक्रवार)

पहिलो दुग्ध उद्योग: अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पहिलोपटक दुग्ध उद्योग संचालनमा आउने भएको छ । अर्घाखाँची दुग्ध उद्योग अब केही दिनमा संचालनमा आउने भएको हो । उता अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । तस्बिर: श्याम प्रसाद घिमिरे, अर्घाखाँचीडट्कम २०७४ श्रावन ११ बुधवार

सन्धिखर्कमा यस्तो छ: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्थित आटिकापाटामा मदिरा सेवन गरेर दिउसै सडक छेउमा पल्टिएका एक व्यक्ति । तस्बिर: अर्घाखाँचीडट्कम, २०७४ श्रावन ०७ शनिवार

सितगंगामा बिकास निर्माण: स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा न. ५ का जन प्रतिनिधिहरु बिकास निर्माणका काममा सरिक हुँदै । तस्बिर: बिष्णु पौडेलबाट, अर्घाखाँचीडट्कम, (२०७४ श्रावण ४, बुधवार)

सन्धिखर्कमा प्लटिङ: अर्घाखाँची जिल्लाको सन्धिखर्क । सन्धिखर्कमा खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने कार्य तीब्र रुपमा बढेको छ । उता बसाई सराईले गर्दा सन्धिखर्कको जनघनत्व दिन-प्रतिदिन बृद्धि हुँदैछ । तस्बिर: बसन्त खड्का, अर्घाखाँचीडट्कम, २०७४ आषाढ ३० शुक्रवार

सन्धिखर्क बजार: अर्घाखाँची जिल्लाको सन्धिखर्क बजार लगायत । बसाई सराईले गर्दा सन्धिखर्कको जनघनत्व दिन-प्रतिदिन बृद्धि हुँदैछ । तस्बिर: बसन्त खड्का, अर्घाखाँचीडट्कम, २०७४ आषाढ ३० शुक्रवार

घोचेखोलामा रोपाई:- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ को घोचेखोलामा रोपाई हुँदै । अर्घाखाँची जिल्लामा यतिबेला खेतमा रोपाई गर्न किसान व्यस्त छन् । तस्बिर: नारायण भट्टराई, अर्घाखाँचीडट्कम (२०७४ आषाढ ३०, शुक्रवार)

अर्घामा खेल मैदान: सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्धा मसुरेपाटामा खेल मैदानको काम धमाधम सुरु भएको छ । तस्बिर: रमेश थापा, अर्घाखाँचीडट्कम, २०७४ आषाढ २९ बिहीवार

मेयरको कार्यभार: अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसालले कार्यभार समालेका छन् । तस्बिर- सुर्य भुसालबाट, अर्घाखाँचीडट्कम, २०७४ आषाढ २१ बुधवार