ढिकुरामा विप्लव नेतृत्वको नेकपाद्धारा राहत वितरण

ढिकुरामा विप्लव नेतृत्वको नेकपाद्धारा राहत वितरण


बिजय नेपाली  

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको हराचौरमा विप्लव नेतृत्वको नेकपाले राहत वितरण गरेको छ । 


विप्लव नेतृत्वको नेकपा भूमिकास्थान नगर कमिटीले दुई वर्षदेखि ढिकुराको हराचौरका प्यारालाईसेस पीडित खिम बहादुर नेपालीलाई राहत वितरण गरेको छ।

ढिकुराको हराचौर  निवासी प्यारालाईसेस पीडित खिम बहादुर नेपालीको घरमा राहत वितरण गरेको छ।सुदिप नेपाली ,गणेश नेपाली र बिजय नेपालीको नेतृत्वमा प्यारालाईसेस पीडितलाई राहत वितरण गरिएको हो ।

पीडितलाई खाना समेत छिमेकीले खुवाएको अवस्थामा स्थानीय सरकार अथवा सरोकार वाला निकायको ध्यान पुर्‍याउने उद्धेश्यले दाल,चामल,तेल,नुन वितरण गरेको जनाइएको छ।राहत वितरणमा बोल्दै सुदिप नेपालीले सिहं दरबारको अधिकार गाउँ घर छरछिमेकमा भनिएता पनि स्थानीय वासिलाई स्थानीय सरकारको कुनै अनुभुती नभएको बताएका छ्न।नगर ईन्चार्ज नवीन खड्काले पटक पटक वडाअध्यक्ष र प्रशासकीय प्रमुखलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको बताए । 

 उक्त कार्यक्रमको सन्चालन गणेश नेपालीले गरेका   थिए । 


अन्य समाचारहरु