सन्धिखर्कका कोरोना संक्रमित एक जना पुरुषको जिल्ला अस्पताल अर्घाखाँचीमा निधन

सन्धिखर्कका कोरोना संक्रमित एक जना पुरुषको जिल्ला अस्पताल अर्घाखाँचीमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का एक जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।  


कोरोना संक्रमित सन्धिखर्कका ४२ वर्षियको जिल्ला अस्पताल अर्घाखाँचीमा निधन भएको हो ।

अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । उनले कोरोना विरुद्दको खोप लगाएका थिएनन् । 

योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८४  जनाको ज्यान गएको छ । 

आईतबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु