अर्घाखाँचीमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन

अर्घाखाँचीमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । 


जिल्लाभर कोभिड–१९ कारण रोकिएको परीक्षा आजदेखि शुरु भएको हो। परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।


जिल्लाभर १८७६ विद्यार्थी सहभागी रहेको शिक्षा बिकाश तथा समन्वय इकाई अर्घाखाँची का प्रमुख मनिराम पराजुलीले बताए । उनले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिए । 

 परीक्षामा आज पहिलो दिन जिल्लामा अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको छ । 


अन्य समाचारहरु