अर्घाखाँचीमा कांग्रेसका प्रदेश सहमहामन्त्री बिष्णु मुस्कानले राजीनामा नगरेको खुलासा

अर्घाखाँचीमा कांग्रेसका प्रदेश सहमहामन्त्री बिष्णु मुस्कानले राजीनामा नगरेको खुलासा

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाली काग्रेसले पराजय  भोग्नु परेपछि लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु खनाल मुस्कानले अहिलेसम्म कुनै राजिनामा नदिएको खुलेको छ ।  

लुम्बिनी प्रदेशका काग्रेस सहमहामन्त्री बिष्णु खनाल मुस्कानले अहिलेसम्म कुनै राजिनामा नदिएको खुलेको हो ।  

मुस्कानको राजिनामा बारेमा नेपाली काग्रेस लुम्बिनी प्रदेस का कोषाध्यक्ष प्रकास रानाले आधिकारिक नभएको बताए । 

बिस्नु मुस्कानले लुम्बिनी प्रदेस समितिको कार्यालयमा राजिनामा दर्ता नगराएको उनले दावी गरे | उनले राजिनामा दिएको बारेमा सामाजिक सन्जालदेखि थाहा पाएर कार्यालय सचिवसँग सम्पर्क गर्दा हालसम्म आधिकारिक रुपमा राजिनामा नआएको बताए | 

सन्धिखर्कको मेयरको टिकट बितरणमा बिस्नु मुस्कान विवादमा आएका छन् ।  मुस्कानमा अयोग्य ब्यक्तिलाई सन्धिखर्कको टिकट दिलाउन सहयोगी भुमिका खेलेको आरोप लागेको छ | 

 लुम्बिनी प्रदेस नेपाली काग्रेसका कोषाध्यक्ष प्रकास रानाले  हालसम्म मुस्कानले आधिकारिक रुपमा राजिनामा पेस नगरेको दाबी गर्दै आएका छन् ।  

अन्य समाचारहरु