प्युठानको मल्लरानीमा भिरबाट लडेर एक महिलाको मृत्यु

प्युठानको मल्लरानीमा भिरबाट लडेर एक महिलाको मृत्यु


माधव खनाल 

प्युठान । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं १ चुजाँ दारिमखर्क नजिकै भैसीबान्ने डाडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

चुजाँ दारिमखर्क नजिकै भैसीबान्ने डाडाको भिरबाट लडेर स्थानीय बसन्ती नेपालीको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

४० बर्षीय नेपाली जंगलमा बाख्रा चराउन गएको समयमा भिरबाट लडेको उहाँले बताउनुभयो । घट्नाको प्रारम्भिक कार्यपछी शवको पोष्टमार्टमका लागि प्युठान अस्पताल विजुवारमा पठाईने समेत सुचना अधिकारी गैरेले जानकारी दिनुभयो ।
 

अन्य समाचारहरु