पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा सडक भासियो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको  फिस्लिङमा सडक भासियो


चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ ।

लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो ।

काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु