काठमाण्डौको दक्षिणकालीमा रहेको बालगृहमा सन्ध्याग्रुप अल्खोर कतारद्वारा राहत बितरण

काठमाण्डौको दक्षिणकालीमा रहेको बालगृहमा सन्ध्याग्रुप अल्खोर कतारद्वारा राहत बितरण


हरि कुँवर  

काठमाडौं । सन्ध्याग्रुप अलखोर कतार तथा मुग्लानी खबरद्वारा प्रथम  काठमाण्डौ स्थित दक्षिणकाली नगरपालिकामामा रहेको वालगृहमा राहत बितरण गरिएको छ।


सन्ध्याग्रुप अलखोर कतारको आर्थिक सहयोग, मुग्लानी खबर अनलाइन  मिडियाको सहकार्य तथा दक्षिणकाली नगरपालिका का उपमेयर वशन्ती तामाङ ( डंगोल) को बिशेष सहयोगमा दक्षिणकाली नगरपालिका ५ ङारी कल्याण सेवा समाजद्वारा सञ्चालित बालगृहमा प्रथम चरणको राहत स्वरुप चामल, तेल, दाल, नुन,  मसौरा, चाउचाउ र मास्क लगायतका सामाग्रीहरु बितरण गरिएको हो।

कोभिड-१९ को दोस्रो लहरको महामारीको चपेटामा परेका पीडितहरुलाई मल्हम पट्टी लगाउन सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष तथा मुग्लानी खबर अनलाइन मिडियाका संचालक दिलमाया तामाङ (राना),दक्षिणकाली नगरपालिका नगर उप-प्रमुख बसन्ती तामाङ (डंगोल) समाजसेबी भिम लामा, सन्ध्याग्रुप अल्खोर कतारका पुर्व अध्यक्ष  थर्च लामा लगायत मुग्लानी खबर अनलाइन मिडिया टिम प्रत्यक्ष रुपमा सहभागी भैई राहत बितरण गरिएको थियो।


२०७२ सालमा आएको महाभुकम्पमा परि अभिभावक गुमाएका १५ जना बालबालिका रहेको उक्त वालगृहमा कोभिड-१९ को महामारीले थप समस्या पारेको थियो। समस्यामा परेका बालगृहमा रहेका बालबालिकाहरुलाई राहत वितरण पश्चात्   सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ, नगर उप-प्रमुख बसन्ती तामाङ (डंगोल) पीडितको मुहारमा देखिएको खुशीले हामीहरु मानविय सेवा गर्न थप प्रेरणा मिलेको  बताउदै मानबिय यस महान धार्मिक कार्यमा साथ सहयोग पुर्याउनुहुने सम्पूर्ण शुभचिन्तक एंव सहयोगी महानुभावहरुलाई हृदयदेखि आभार प्रकट गरेका थिए ।

ङारी कल्याण सेवा समाजद्वारा संचालित  बालगृहका अध्यक्ष न्हाम्खा दाेर्जे याेल्माेपाले हाम्रो पिडालाई महसुस गर्दै  यस राहत संकलन तथा बितरणमा साथ र सहयोग गर्नुहुने सन्ध्याग्रुप अलखोर कतारका अध्यक्ष गणेश क्षेत्री लगायत सम्पुर्ण टिमहरु सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली परिवार,मुग्लानी खबर मिडिया,दक्षिणकाली नगरपालिका नगर उप-प्रमुख बसन्ती तामाङ (डंगोल)  लगाएत सम्पुर्ण   सहयोगीहरुमा धन्यवाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरेका थिए।
काठमाण्डौको दक्षिणकालीमा रहेको बालगृहमा सन्ध्याग्रुप अल्खोर कतारद्वारा राहत बितरण

काठमाण्डौको दक्षिणकालीमा रहेको बालगृहमा सन्ध्याग्रुप अल्खोर कतारद्वारा राहत बितरण

अन्य समाचारहरु