सन्धिखर्क नगरपालिकाको आयोजनामा २०७८ को शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न (फोटो सहित)

सन्धिखर्क नगरपालिकाको आयोजनामा २०७८ को शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न (फोटो सहित)

केशब राज ज्ञवाली 

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले नव निर्वाचित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई खादा तथा प्रसंशापत्रले  स्वागत तथा सम्मान गर्दै नयाँ बर्ष २०७८ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


नगरपालिकाले आज सन्धिखर्क स्थित आफ्नै सभाहलमा भब्य कार्यक्रम आयोजना गरि बिजयी प्रतिनिधिहरुलाइ खादा तथा प्रशंशापत्रले स्वागत तथा सम्मान गरेको हो ।नवनिर्वाचित महासंघ सदस्य हरुलाई  लगायतले वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


शुभकामना तथा  सम्मान कार्यक्रममा  स्वागत मन्तव्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले सम्पुर्ण बिजयी पत्रकारहरुलाइ कार्यकालको सफलताको कामना गर्दै नयाँ बर्षको शुभकामाना दिए ।प्रमुख प्रशाकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सन्चार जगतले सबैलाइ फिड्ब्याक दिने सामर्थ्य राखेको बताए ।


नव निर्वाचित कार्यसमितीले पत्रकारिता पेशालाइ  थप सृजनशिल  र प्रभावकारी बनाउन सकोस भन्ने शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले  दिएका थिए ।
 

कार्यक्रमको  प्रमुख अथित्यता  नगर प्रमुख कमल प्रसाद भुसाल , कार्यक्रमको अध्यक्षमा  नगरपालिकाका उपप्रमुख ठाकुर बि क नगरपालिकाका १२ वटै वार्डका वार्ड अध्यक्ष हरु , नगरपालिकाका सबै कर्मचारिहरु १२ वार्डका सचिबहरु लगायतको उपस्थिती थियो ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा २०७८ को शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न (फोटो सहित)

अन्य समाचारहरु