हंसपुरका एक युवाको हरियाणामा सडक दुर्घटनामा मृत्‍यु, २ जना गम्भिर घाइते

हंसपुरका एक युवाको  हरियाणामा सडक दुर्घटनामा मृत्‍यु,  २ जना गम्भिर घाइते


अर्घाखाँचीडट्कम संवाददाता 

हरियाणा (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ८ हंसपुरको बामरुकका एक युवाको भारतको हरियाणा राज्यको कर्नालमा सडक दुर्घटनामा मृत्‍यु भएको छ। भने अर्घाखाँचीका २ जना गम्भिर घाइते भएका छन् ।   


हंसपुरको बामरुकका १८ बर्षिय प्रकाश भुसालको भारतको हरियाणा राज्यको कर्नालमा आईतबार राती सडक दुर्घटनामा  मृत्‍यु भएको हो ।   

स्कुटीमा जादै गरेको बेला विपरित दिसाबाट आउँदैगरेको ट्रकले  ठक्कर दिँदा निजको घटनास्थलमा भुसालको निधन भएको थियो । ठक्कर दिने ट्रक अहिलेसम्म फेला नपरेको प्रहरीले बताएको छ । प्रकाश केही समय पहिले नेपालबाट आएका थिए ।  

२ जना गम्भिर घाइतेको स्थानिय अस्पतालमा उपचार हुँदै छ । भने मृतकको शव पोष्टमार्टम तथा सनाखत गरी दाहसंस्कार गरिएको छ । 

घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु