अर्घाखाँचीमा आज बिहिवार ३ जनाले कोरोना जिते, १ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज बिहिवार ३ जनाले कोरोना जिते, १ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १८  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६  जना, भूमिकास्थान नगरपालिकामा ५  जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा ३, पाणिनी गाउँपालिकामा ४   र छत्रदेव गाउँपालिकामा ०  जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४८७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७२  जना, भूमिकास्थान नगरपालिकामा ७६१ जना,     शितगंगा नगरपालिकामा ४४४ जना,       मालारानी गाउँपालिकामा ५६१ जना,  पाणिनी गाउँपालिकामा ४४८ जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ३ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४३७९ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९३६  जना, भूमिकास्थान नगरपालिकामा ७४०  जना,  शितगंगा नगरपालिकामा ४३०  जना,   मालारानी गाउँपालिकामा ५४३ जना,    पाणिनी गाउँपालिकामा ४३३  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।

बिहिवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु