'कभी कभी' र 'नूरी' जस्ता चर्चित फिल्मका लेखक सागर सरहदीको निधन

'कभी कभी' र 'नूरी' जस्ता चर्चित फिल्मका लेखक सागर सरहदीको निधन

'कभी कभी' र 'नूरी' जस्ता चर्चित फिल्मका लेखक सागर सरहदीको निधन भएको छ। सत्तरी र असीको दशकका सरहदीको ८८ वर्षको उमेर निधन भएको बलिउड लाइफले छापेको छ। 'चाँदनी', 'सिलसिला'लगायत फिल्मका हिस्सा बनेका उनी नशिरुद्दिन शाह र स्मिता पाटिल अभिनित 'बाजार' फिल्मका निर्देशक हुन्। 

उमेरजन्य स्वास्थ्य समस्यका कारण केही दिनदेखि अस्पताल भर्ना भएका उनले आइतबार राति अन्तिम श्वास फेरेका थिए। उनको निधनपछि बलिउडका धेरै कलाकारले समवेदना प्रकट गरेका छन्।

लेखक तथा गीतकार जावेद अख्तरले ट्विट गर्दै लेखेका छन्, 'कभी कभी र नूरीका लेखक तथा बाजारजस्तो फिल्म निर्देशन गरेका दिग्गज नाटक तथा फिल्म लेखक सागर सरहदीको निधन भएको छ। उनका भतिजा रमेश तलवारप्रति सहानुभूति र सरहदीप्रति हार्दिक समवेदना!' एजेन्सी /SETOPATI

अन्य समाचारहरु