सितापुरकी एक महिलाको कोरोना संक्रमणका कारण निधन

सितापुरकी एक महिलाको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरकी एक महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । 


सितापुरकी ४० वर्षिया महिलाको कोरोना संक्रमणका कारण जिल्ला अस्पताल अर्घाखाँचीमा निधन भएको हो । 

अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । कोरोना संक्रमण पोजेटिभ आएकी उनको जिल्ला अस्पतालमा उपचार क्रममा निधन भएको अर्घाखाँचीडट्कमलाई पठाइएको समाचारमा बताइएको छ । 

काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ९४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १५, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा १२ र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।

अन्य समाचारहरु