खिल्जीमा सार्वजनिक अपराध गरि फरार रहेका २ युवतीलाई ६ वर्षपछि प्रकाउ

खिल्जीमा सार्वजनिक अपराध गरि फरार रहेका २  युवतीलाई ६ वर्षपछि  प्रकाउ


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीमा सार्वजनिक अपराध गरि फरार रहेका २ जना युवतीहरुलाई ६ वर्षपछि प्रहरीले प्रकाउ गरेको छ । 

सार्वजनिक अपराध गरि फरार रहेका खिल्जीकी २९ वर्षिया सिता नेपाली र ३२ वर्षिया पार्वती नेपालीलाई प्रहरीले आज आईतवार ६ वर्षपछि प्रहरीले प्रकाउ गरेको हो । 

२ जनालाई २०७२ साल फागुन १ गते अर्घाखाँची जिल्ला अदालतले “केही सार्वजनिक अपराध”  मुद्धामा रु.४,८००।-  जरिवाना गरेको थियो । उनिहरु जरिवाना पछि फरार रहेका र  सूचनाको आधारमा  घरमा लुकिछिपी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले प्रकाउ गरेको थियो । भने जरिवाना रकम असुल भएको पनि प्रहरीले बताएको छ ।     

अन्य समाचारहरु