भारतमा बाबा रामदेवको पतञ्जलीले बनायो कोरोनाको औषधि, आजबाट बजारमा आउने

भारतमा बाबा रामदेवको पतञ्जलीले बनायो कोरोनाको औषधि, आजबाट बजारमा आउने

एजेन्सी 

 कोरोना महामारी चलिरहेको समयमा बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् ।

यस अघि पतञ्जलीले २३ जुन २०२० मा कोरोनाका लागि ‘कोरोना किट’ ल्याएको थियो । जसले ७ दिनमा कोरोनाको उपचार हुन्छ भनि दावा गरिएको थियो । तर किट आउनासाथ विवादित बन्यो ।

फेरि पतञ्जलीले कोरोनाको औषधि लिएर बजारमा आएको छ । नयाँ औषधिको घोषणा गर्दै पतञ्जलीले एक प्रेस विज्ञप्ति जारी गरेको छ, जसमा भनिएको छ’ ‘कोरोनाको उपचारमा काम आउने औषधिको घोषणा गरिनेछ ।’ कोरोनाको यो औषधि ‘इभिडेन्स बेस’ मा आधारित छ ।

पतञ्जलीले यो पनि बताएको छ यो औषधि विश्व स्वास्थ्य संगठनले प्रमाणित र अनुमति दिएको औषधि हो । कोरोनाको औषधि सार्वजनिक सडक तथा परिवहन मंत्री नितिन गडकरीले गर्दैछन् । 

अन्य समाचारहरु