भूमिकास्थानमा एमाले साथीहरु पाइप र चामल बांड्ने तयारीमा छन्:- झबिलाल थापा

भूमिकास्थानमा  एमाले साथीहरु पाइप र चामल बांड्ने तयारीमा छन्:- झबिलाल थापा

केशब राज ज्ञवाली 

नुवाकोट, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाका मेयरका उमेदवार झबिलाल थापाले एमालेका मानिसहरु चामल र पाइप बाड्ने तयारिमा रहेको बताएका छन । 


मतदातालाइ भ्रमित पार्न उनिहरुले सकेसम्मको प्रयास गर्ने क्रममा राहेको उनले दावी गरेका छन  अर्घाखाँची डटकम संग भएको चुनाव विशेष कार्यक्रममा बोल्दै उम्मेद्बार थापाले निवर्तमान नगर प्रमुख रेशम थापा फिता लिएर गाउगाउ बाटो नाप्न हिडेको पनि बताए ।

        जनमोर्चाका तर्फ बाट गठबन्धनका साझा उमेदवार थापाले चुनाव जसरी पनि जित्ने दावी गरे । भुमिकास्थान नगरपालिकालाई बिगत पाच बर्षमा गुमराहमा पारिएको आरोप लगाउदै थापाले अब आफुहरुको नेतृत्वमा नगरको अनुहार फेर्ने प्रतिबद्धता जनतासामु गरेको बताए ।


        एमालेहरुले मतदातालाइ बिक्रिको सामान बनाएको आरोप लगाउदै उनले सबै मतदातालाइ सचेत र सजग बनी नगरलाइ समृद्धिको बाटो तर्फ डोर्‍याउने अभियानमा सहयोग गर्न अपिल गरे ।

       केपि ओलिको अहंकारी प्रवृत्ति जिल्लामा क्रियाशील एमालेहरुमा पनि हुबहु सरेकोले यो अहंकारी प्रवृत्ति सपाप्त पार्न गठबन्धन आबस्यक रहेको बताए । गठबन्धनमा एकरुपता र आत्मियता रहेको दावी गर्दै उनले यो निर्वाचनमा रेशम थापाले भन्दा दुई गुणा मतभारले बिजय हुने दावी गरे । साथै भुमिकास्थानका १० वटै वार्डमा गठबन्धनको नेतृत्वमा जनप्रतिनिधि बिजयी हुनेपनि थापाले दावी गरे ।

अन्य समाचारहरु