मालारानी गाउँपालिका- ३ खनदहका वडाध्यक्ष शाेभाखर खनाल अस्वस्थ, खुट्टाको सफल अप्रेेसन

मालारानी गाउँपालिका- ३ खनदहका वडाध्यक्ष शाेभाखर खनाल अस्वस्थ, खुट्टाको सफल अप्रेेसन


अर्घाखाँचीडट्कम संवाददाता  

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ३ खनदहका वडाध्यक्ष शाेभाखर खनाल अस्वस्थ भएका छन् ।  


नेपाली कांग्रेस मालारानी संयाेजक समेत रहेका वडाध्यक्ष शाेभाखर खनालको खुट्टामा समस्या परेको हो । 

खनालको गत आईतबार अलनेपाल अस्पताल काठमाडौंमा खुट्टाको सफल अप्रेेसन भएको थियो । खनालले अहिले खुट्टाको सफल अप्रेसनपछि स्वास्थ्य लाभ  गरिरहेका छन् । 

गत २०७६ म‌सिर १४ गते शनिवार वडाअध्यक्ष पदका लागि  सम्पन्न उपनिर्वाचनमा कांग्रेसका तर्फबाट खनाल विजयी भएका थिए । खनालले ११५९  मत ल्याई प्यानल विजयी भएका थिए । नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनालले  १०५३ मत ल्याएका थिए ।

मालारानी गाउँपालिका- ३ खनदहका वडाध्यक्ष शाेभाखर खनाल अस्वस्थ, खुट्टाको सफल अप्रेेसन

अन्य समाचारहरु