बल्कोटमा कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर)

बल्कोटमा कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता  

बल्कोट,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २,३ बल्कोटमा नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 


बल्कोटको पौवामा नेपाली कांग्रेस छत्रदेव गाउँपालिका वार्ड नम्बर २,३ को संयुक्त आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।   


यस्तै छत्रदेब गाउँपालिका नेपाल महिला संघको सहजिकरणमा  वार्ड नं २ र ३ का क्रियाशिल महिलाहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला सभापति बिष्णु  मुस्कान, पुर्व मन्त्री रेबती प्रसाद भुसाल, महिला संघ अध्यक्ष शान्ता भण्डारी, प्रध्यापक अधिवक्ता गुणानिधी शार्मा, जिल्ला सचिब बिष्णु भुसाल, पिताम्बर खनाल, बाबुराम पौडेल, तुलसा देबी श्रेष्ठ, शान्ता अर्याल, नरेन्द्र पौडेल, बिभिन्न वार्डका वडाअध्यक्ष, गाउँपालिका संयोजक बालकृष्ण पोख्रेल  र २ र३ वडा का सम्पुण महिला समितीका पदाधिकारी तथा सम्पूर्ण पालिका स्तरीय समिति लगायतको २४८ जनाको सहभागिता रहेको थियो ।  


कार्यक्रममा एक दर्जन भन्दा बढी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।  

अन्य समाचारहरु