जिल्ला बाहिरबाट काठमाडौ आएका युवाहरुले कृषि फार्म संचालन, मासिक लाखौंको आम्दानी गर्दै ( अन्तरवार्ता सहित)

जिल्ला बाहिरबाट काठमाडौ आएका युवाहरुले कृषि फार्म संचालन, मासिक लाखौंको आम्दानी गर्दै ( अन्तरवार्ता सहित)

जीवन भट्टराई

हरिसिद्दी, ललितपुर  (अर्घाखाँचीडट्कम) ।  बिभिन्न जिल्लाबाट आएका युवाहरुले काठमाडौमा कृषि फार्म संचालन गरि मासिक लाखौंको आम्दानी गर्दै आएका छन् ।


अर्घाखाँची, नवलपरासी र का युवाहरुले ललितपुरमा डिएम पिसी एग्रो फार्म तथा  तालिम केन्द्र हरिसिद्दी संचालन गरि मासिक लाखौंको आम्दानी गर्दै आएका हुन् ।

विदेश जान छाडेर अर्घाखाँचीको सन्धिखर्क स्थित मसाल बजारका दीपक के.सी, दोलखा जिल्लाका सुजन खड्का र  नवलपरासीका रवी पाण्डेले ललितपुरको हरिसिद्दीमा कृषि फार्म संचालन गरि मासिक लाखौंको आम्दानी गर्दै आएका छन् ।

कृषि उपजमा आत्मनिर्भर बनाउने भन्दै आफूहरुले नेपालमै लगानी गरेर कृषि फार्म संचालन गर्न लागेको फार्मका एक संचालक दीपक के.सीले बताए ।  ‘हामीहरुले २७ रोपनी जग्गामा यो फार्म संचालन गरेका छौं । यो लिजमा लिएका हौं । उनिले बताए ।


यो नाफामूलक व्यवसाय मात्रै होइन, देशमै धेरैलाई रोजगारी सिर्जना गराउनु पनि हाम्रो मुख्य ध्येय भन्दै संचालन गरेको के.सी, खड्का र   पाण्डेको भनाई छ । यहाँ अहिले नियमित  ७ जनाले रोजगार पाएका छन् ।

फार्ममा तरकारी बाहेक गाई, बाख्रा, हास, माछा,  ब्रोइलर तथा लोकल कुखुरा पनि रहेका छन् ।


यस्तै उनीहरुले कृषि फार्मसँगै फेमली पार्क सहित रिसोर्टको रुपमा पनि संचालन गर्ने योजना बनाइरहेका छन् । कृषि तथा पशु क्षेत्रमा हुने विचौलियाहरुको अन्त्य गरेर अघि जाने अठोट रहेको उनीहरुले बताए । त्यसको लागि उनीहरुले जिउँदो खसी बोका नबेचेर ठाउँठाउँमा आफै मासुपसल खोल्ने योजना बनाइरहेका बताए ।

अन्य समाचारहरु