सितापुरमा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता जारी (तस्बिरहरु)

सितापुरमा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता जारी (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका २ सितापुर बजारमा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता जारी रहेको छ । 


सितापुर बजारमा हिजो विहिवारदेखि नव युवा समिती बुढाचौरको आयोजनामा शुरु भएको अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता जारी रहेको हो । प्रतियोगितामा २० टिमको सहभागिता रहेका छन् । 


हिजोको वार्ड स्तरिय भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथी वार्ड अध्यक्ष गोबर्धन थापा,  अतिथि कार्यपालिका सदस्य राम बहादुर दर्नाल, सरस्वती माबिका पुर्व प्रअ  राजेन्द्र केसी, इप्रका ठाडाका सह-इन्चार्ज सालिक राम खनाल लगायतको उपस्थिती रहेको थियो । 


यसअघि माघ ३ गते कोरोना संक्रमण बढेको भन्दै  स्थगित गरिएको थियो । 

प्रतियोगितामा विजयी हुने मध्ये प्रथम हुनेलाई ३२ हजार रुपैया, दोस्रो २२ हजार र तेस्रो हुनेलाई १२ हजार पुरस्कार रासी राखिएको छ । 

अन्य समाचारहरु