सिमलपानीको विक्रमसोतामा कांग्रेस भेला सम्पन्न

सिमलपानीको विक्रमसोतामा  कांग्रेस भेला सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको विक्रमसोतामा नेपाली कांग्रेस भेला सम्पन्न भएको छ । 


सिमलपानीको विक्रमसोतामा आज आईतवार नेपाली कांग्रेसको संगठन निर्माण अभियान अन्तरगत भेला सम्पन्न भएको हो । 


कार्यक्रममा जिल्ला सभापति केसब श्रेष्ठ, पुर्व जिल्ला सचिब छबिलाल पौडेल नेपाली काङ्ग्रेसका जिल्ला सदस्य बिस्नु क्षेत्री, नेपाली काङ्ग्रेस प्रदेस ख का सभापति हेमन्त बेल्वासे,  शितगंगा नगरसभापति मोहन पन्थी काङ्ग्रेसका नेता मोतिबहादुर बेल्वासे प्रदिप बेल्वासे लगायत स्थानिय पार्टीका नेताहरु सहभागी भएका थिए ।

अन्य समाचारहरु