सिद्धाराको खयरभट्टीमा अब बिजुली बल्ने, ६५ घर परिवारमा खुसीयाली

सिद्धाराको खयरभट्टीमा अब बिजुली बल्ने, ६५ घर परिवारमा खुसीयाली


गणेश बेल्बासे 'संगम' 

सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको खयरभट्टीमा बिजुली बल्ने भएको छ । 


बषौंदेखि अध्यारोमा जिवन बिताई रहेका करिब ६५ घरधुरीले बत्ति बाल्न पाउने भएका हुन् । 

शितगंगा वार्ड नं. ११ का वार्ड अध्यक्ष कपिल आले ज्यूको निरन्तर फ्लोअप र प्रयासमा अब छिट्टै बिजुली बत्ती बल्ने भएको हो । 

गाउँमा बिजुली पुगेपछि खयरभट्टीमा रहेका घर परिवारमा खुसीयाली छाएको छ । विश्व बैंक र एसिया विकास बैंकको आर्थिक सहयोगमा विद्युतिकरण कार्य भएको हो ।

अन्य समाचारहरु