अर्घाखाँचीमा ४३ औं पुष्पलाल स्मृति दिवस वृक्षारोपण तथा विभिन्न कार्यक्रम गरि मनाइयो

अर्घाखाँचीमा ४३ औं पुष्पलाल स्मृति दिवस वृक्षारोपण तथा विभिन्न कार्यक्रम गरि मनाइयो


अशोक खनाल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ४३ औं पुष्पलाल स्मृति दिवस बृक्षरोपण तथा विभिन्न कार्यक्रम गरि मनाएको छ ।


नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुस्पलाल श्रेष्ठको ४३ औं स्मृति दिबसको अबसर पारी पुस्पलाल मित्रता केन्द्र अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. २ को सिटी टावर आसपासमा विभिन्न जातका बिरुवा लगाइ स्मृति दिवस मनाइएको छ।


१९८१ साल असार १५ गते रामेछाप जिल्लामा जन्मिएका श्रेष्ठले २००६ सालमा  नेपालमा कम्युनिस्ट पार्टी को स्थापना गरि आफू महासचिव भएका थिए ।उनको २०३५ साल साउन ७ गते भारतको प्रबास मा निधन भएको थियो ।


बृक्षारोपण कार्यक्रम मा कम्युनिस्ट पार्टी का नेताहरू यमुना भुसाल , रामचन्द्र पोख्रेल , पदम क्षेत्री ,भेष बहादुर केसी ,प्रेमनारायण गैरे,जनक गैर लागायत्को उपस्थित रहेको थियो । 


अन्य समाचारहरु