चिदिकामा एमालेको वार्ड कमिटी पूर्ण बैठक सम्पन्न, चितवनमा ५० जना कार्यकर्ता सहभागी हुने

चिदिकामा एमालेको वार्ड कमिटी पूर्ण बैठक सम्पन्न,  चितवनमा ५० जना कार्यकर्ता सहभागी हुने


सुभाश ज्ञवाली 

चिदिका, अर्घाखाँची । नेकपा (एमाले) छत्रदेव गाउँपालिका वार्ड न.१ कमिटीको प्रथम पूर्ण बैठक आज मंसिर ३ गते चिदिकामा सम्पन्न भएको छ । 


बैठकले मंसिर १० गते चितवनमा हुन गइरहेको नेकपा(एमाले)को दशौ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा १ न .वडा बाट १ वटा ठूला गाडी र अन्य साना गाडीहरुमा ५० जना पार्टी कार्यकर्ता सहभागी गराउने योजना बनाएको छ । 


यसैगरी बैठकले अरु महत्वपूर्ण  निर्णय गर्दै वडा कमिटी अध्यक्ष काजी बाबु ज्ञवाली को अध्यक्षता,सचीव दिपक भुसाल को संचालनमा भएको बैठक का प्रमुखु अतिथि पार्टी लुम्बिनी प्रदेश कमिटी  सदस्य प्रकाश ज्ञवाली विशिष्ट अतिथी पार्टी छत्रदेव गा पा  कमिटी अध्यक्ष राम्जी प्रसाद पान्डे  , अतिथी  पार्टी छत्रदेव गा पा,उपसचिब नर बहादुर् आले युबा संघ केन्द्रिय सदस्य फिरोज खान  र पार्टी गाउपलिका सदस्य लागायत अन्य उपस्थितको आतिथ्यता रहेको थियो । 


उपाध्यक्ष मोहम्मद फिर्दोस ( चुन्नु)ले बैठकमा उपस्थित अतिथि तथा कमिटीका सदस्यहरुलाई कमिटीको तर्फबाट स्वागत गर्नु भएको थियो ।

अन्य समाचारहरु