भगवतीको भुस्कातका अज्ञात रोग पीडित देबुराम कुँवरको उपचार नपाई बिते

भगवतीको भुस्कातका अज्ञात रोग पीडित देबुराम कुँवरको उपचार नपाई बिते


अर्घाखाँचीडट्कम संवाददाता 

भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीको भुस्कातका अज्ञात रोग पीडित देबुराम कुँवरको उपचार बिना निधन भएको छ । 


भगवतीको भुस्कातका अज्ञात रोग पीडित देबुराम कुँवरको आज मंगलवार बिहान निधन भएको हो ।

देबुराम विगत १५ वर्षदेखि अज्ञात रोग पीडित थिए । उनलाई निशुल्क उपचार गर्न काठमाण्डौँ ल्याउने तयारी गरिरहेको बेला निधन भएको छ । 

पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा श्यामलालको उपचारका लागि सहयोग अभियान चलाएका थिए । साथै उठेको रू १५ हजार सहयोग रकम उनकी विधुवा पत्नीलाई हस्तान्तरण गरिएको छ।    

आर्थिक कारणले देबुरामको परिवारले उपचार नगरी घरमा राखेका थिए ।  

अन्य समाचारहरु