चिदिकाको लाहुरेटोलमा प्रहरीद्धारा ८०० गाँजाका बोटहरु फडानी गरी नष्ट

चिदिकाको लाहुरेटोलमा प्रहरीद्धारा ८०० गाँजाका बोटहरु फडानी गरी नष्ट


अर्घाखाँचीडट्कम संवाददाता 

चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. १  चिदिकाको लाहुरेटोलमा प्रहरीले गाँजा फडानी कार्यक्रम सम्पन्न गरेको छ । 


चिदिकाको लाहुरेटोलका सार्वजनिक स्थानमा आईतबार प्रहरी चौकी बल्कोट अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार गाँजा फडानी गरी नष्ट गरिएको हो । 


प्रहरी टोली र स्थानियबासी, समाजसेवी, बुद्धिजिबि, युवा तथा महिलाहरुको उपस्थितिमा आफै उम्रिएका अन्दाजी ८०० गाँजाका बोटहरु नष्ट गरिएको थियो । 

अन्य समाचारहरु