सन्धिखर्क - २ को दलित महिला वडा सदस्य पदमा निर्मला नेपालीको उम्मेदरबारी

सन्धिखर्क - २ को  दलित महिला वडा सदस्य पदमा निर्मला नेपालीको उम्मेदरबारी

अनिल नेपाली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ को  दलित महिला वडा सदस्य पदमा निर्मला नेपालीले उम्मेदरबारी दिनुभएको छ । 

लामो  समयदेखि सामाजिक कार्यक्रममा क्रियाशिल रही स्थानीय सघसस्थामा नेतृत्व गरी संस्थाको गरिमालाई उच्च बनाउनको लागि नेतृत्वदायी भुमिका खेलेकी नेपालीले आफुलाई अब्बल साबित गदै आउनुभएको छ । सरल स्वभाबी की नेपाली नेकपा एमालेमा विगत लामो समयदेखि क्रियाशिल रहिआउनुभएको छ । 

आफ्नो काम भन्दा जनताको काममा दिनरात खट्ने नेपालीले सामजिक क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै आउनुभएको छ । 

हरेक महिला दलित वडा बासीलाई साक्षर बनाई वडालाई साक्षर बनाउन , विकासको प्रत्याभुति गराउनको लागि आफ्नो उम्मेदबारी रहेको बताउदै आफुलाई यसपालि वडा बासी सबैले सहयोग गर्ने बताउनुभयोे ।
 

अन्य समाचारहरु