छत्रगंजको बहखोरमा प्रहरीद्धारा ५ हजार गाँजाका बोटहरु फडानी गरी नष्ट (भिडियो,फोटो सहित)

छत्रगंजको बहखोरमा प्रहरीद्धारा ५ हजार गाँजाका बोटहरु फडानी गरी नष्ट (भिडियो,फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ५  छत्रगंजको बहखोरमा प्रहरीले गाँजा फडानी कार्यक्रम सम्पन्न गरेको छ ।


छत्रगंजको बहखोरका सार्वजनिक स्थानमा सोमबार प्रहरी चौकी बल्कोट अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार गाँजा फडानी गरी नष्ट गरिएको हो ।


प्रहरी टोली र स्थानियबासी, समाजसेवी, बुद्धिजिबि, युवा तथा महिलाहरुको उपस्थितिमा आफै उम्रिएका अन्दाजी ५ हजार गाँजाका बोटहरु नष्ट गरिएको थियो ।

अन्य समाचारहरु