नेपाली समाज चिलीको तेस्रो अधिवेशन सम्पन्न, सर्वसम्मत नयाँ कार्य समिति गठन अध्यक्षमा शिवहरी वस्नेत

नेपाली समाज चिलीको तेस्रो अधिवेशन सम्पन्न, सर्वसम्मत नयाँ कार्य समिति गठन अध्यक्षमा शिवहरी वस्नेत


अमर पुन

शान्तियागो, आईतवार २४ साउन २०७८  एकिके चिली । दक्षिण अमेरिकी मुलुक चिलीमा सन २०१३ मा स्थापना भएको नेपाली समाज चिली कोतेस्रो अधिवेशन आईतवार सम्पन्न भएको छ । 


नेपाली समाज चीली स्थापना काल देखि विभिन्न सामाजिक कार्य गर्दै आएको चिलीनिवासी नेपालीहरुको साझा सस्था नेपाली समाज चिलीको तेस्रो अधिवेशनले शिवहरी वस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठनभएको छ ।


दक्षिण अमेरिकी मुलुक चीलीको एकिकेमा सम्पन्न अधिवेशनवाट नयाँ कार्य समिती चयन गरेको छ । अध्यक्ष शिवहरी बस्नेत,महिलाउपाध्यक्ष शान्ता सापकोटा, महासचिव श्रीराम पौडेल, सचिव श्याम गाहा, कोषाअध्यक्ष रामजी लामिछाने, कार्यसमिति सदस्य अनामिकासारु, खगेन्द्र राणा र सन्तोष ढुंगाना सर्वसहमत चयन हुनु भएको छ  । नयाँ कार्यसमितिका रिक्त पदहरु कार्यसमितिले पछि मनोनीत गर्नेभएको छ । 

नेपाली समाज चीली को तेस्रो अधिवेशनले नेपाल समाज चिली का संस्थापक - संरक्षक डिल्लीराज घिमिरेलाई अन्तर्राष्ट्रिय परिवेक्षक मा सर्वसम्मत मनोनयन गरेको छ ।

अधिवेशनले नेपाली समाज चीलीको सल्लाहकारमा संस्थापक अध्यक्ष कृष्ण थापा, संस्थापक सहसचिव कमल पाण्डे, र संस्थापकसदस्य तिलक राम घिमिरे लाई मनोनयन छ । नेपाली समाज चीली को कानुनी सल्लाहकारमा संस्थापक महासचिव अमर पुनः लाईमनोनीत गरेको छ । नेपाली समाज चीली को तेस्रो कार्य समितिको मुख्य प्राथमिकतामा नेपाली समाज चीली लाई यथासिघ्र नेपालीनियोग र चिलि सरकारमा आधिकारिक रुपमा दर्ता गर्ने मुख्य एजेंडा रहेको छ । - तस्वीर अमर पुनः/अर्घाखाँची डटकम् । 

 २६ मार्च २०१७ मा निर्वाचित कार्यसमिति आज २०७८ साउन २४ तदनुसार ०८ अगस्त २०२१ वाट आधिकारिक विदाई भएको छ । 

२०७० अश्विन २४ विहीवार तदतनुसार १० अक्टोवर २०१३ मा स्थापना गरिएको नेपाली समाज चीली को पहिलो पत्र र माईनेट यस्तो रहेको थियो ।

अन्य समाचारहरु