बुटवलमा लायन्स, साइकिल सिटिद्धारा रक्तदान

बुटवलमा लायन्स, साइकिल सिटिद्धारा रक्तदान


बुटवल, १३ असोज । लायन्स क्लब बुटवल स्टार्स,लायन्स क्लब बुटवल डायनामिक लेडि र साइकिल  सिटि बुटवलको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । 

सनिबार बुटवलको रक्तसंचार केन्द्रमा रक्तसंचारको प्रबिधिक सहयोग रक्तदान गरेको छ । लायन्स स्टार्स अध्यक्ष एन्जील खानले  क्लबले प्रतेक ९० दिनमा रक्तदान गरीने कार्ययोजना अनुसार रक्तदान गरिएको बताए ।

 रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका संयोजक डिएस भट्टराइले जानकारी दिए ।  कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका एक्यूचिफ अर्जुनमान सैजु ले लायन्स  स्टार्सले  नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंमसा गरे ।

 त्यतै कार्यक्रमा साइकिल सिटि बुटवलका अध्यक्ष बिनोद जंग कार्की ,लायन्स क्लब बुटवल डायनामिक लेडि का अध्यक्ष शान्ति सेन्चुरी, एओजी आशिष कृष्ण श्रेष्ठ ,रिजन चेयरपर्सन एमएल पाण्डे  लगाएत बोलेका थिए ।

अन्य समाचारहरु