जुकेनाको थारपाईलाका एक परिवारमा श्रीमान श्रीमतीलाई कलेजोमा क्यान्सर, आर्थिक समस्या पर्‍यो

जुकेनाको थारपाईलाका एक परिवारमा श्रीमान श्रीमतीलाई कलेजोमा क्यान्सर, आर्थिक समस्या पर्‍यो


अर्घाखाँचीडट्कम संवाददाता

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ५ जुकेनाको थारपाईला स्थित   खिमेडाँडाका कलेजो क्यान्सर पीडित एक परिवारका श्रीमान श्रीमतीलाई आर्थिक समस्या परेको छ । 


जुकेनाको थारपाईला स्थित खिमेडाँडाका कलेजो क्यान्सर पीडित अशोक दर्जी र उनकी श्रीमती अन्जु दर्जीलाई आर्थिक समस्या परेको हो । दुवै जना श्रीमान र श्रीमतीलाई कलेजोमा क्यान्सर भएता पनि पैसाका कारण उपचारमा समस्या परेको छ ।

उनिहरुको अहिले बिपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुरमा उपचार भई रहेको छ । दुवै जना श्रीमान र श्रीमतीलाई केही समय अगाडि बुटवल मेडिकलमा चेक जाँच गर्दा कलेजोमा क्यान्सर भएको पता लागेको थियो ।   

परिवारमा उनका छोरा छोरीको बेहाल भएको छ । साथै घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि कसैले सहयोग गर्न चाहेमा तलको विवरण अनुसार संपर्क गरी सहयोग गर्न सकिने बताइएको छ । 

बिक्रम परियार (जेठो  छोरा):  ९८११४६६२९५
हिमाल परिवार (कान्छो छोरा) ९८४२३६१४९५

अन्य समाचारहरु