सिद्धाराका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच

सिद्धाराका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच


सगर महत 

सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धारा लगायतका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाईएको छ ।


स्वास्थ्य कार्यालय अर्घाखाँचीले दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर संचालन गरेको हो । सो शिविर सिद्धाराको दोबाटामा संचालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सोही नगरपालिकाका अन्य वडामा पनि खोपको पहुँचबाट अधिकांश नागरिक छुटेकाले सोही अभियानलाई निरन्तरता दिने स्वस्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बिकले जानकारी दिनुभयो । त्यस्तै सो शिविरमा ,कोभिड १९को परिक्षण, क्षयरोगको जाँच तथा उपचार,औंलो रोग आदिको जाँच समेत गरिएको उहाँले बताउनुभयो ।

२ सय भन्दा बढी नागरिकले दुर्गम क्षेत्रमा सेवा पाउँदा सो ठाउँका नागरिक निकै उत्साहित समेत भएका छन् ।

अन्य समाचारहरु