अर्घाखाँचीका सबै वार्डहरूमा एमालेले कात्तिक ६ गते वार्ड अधिवेशन गर्ने

अर्घाखाँचीका सबै वार्डहरूमा एमालेले  कात्तिक ६ गते  वार्ड अधिवेशन गर्ने


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै वार्डहरूमा नेकपा एमालेले आगामी कात्तिक ६ गते एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ ।


एमाले सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,     पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सबै वार्डहरूमा एकसाथ कात्तिक ६ गते अधिवेशन आयोजना गर्ने भएको हो ।

जिल्लाका ६१ वार्डमा एमालेले एकसाथ नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वार्ड, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । एमालेको विधान अनुसार वार्ड कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकाय हाे । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वार्ड कमिटीबाटै हुनेछन् ।

वार्ड कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन् । कमिटी गठन गर्दा कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

अन्य समाचारहरु