तिमी र तिम्रो सम्बोधन (कविता)

तिमी र तिम्रो सम्बोधन  (कविता)

गंगा ज्ञवाली
कीर्तिपुर काठमाडौं

तिम्रा प्रिय शब्द लहरमा 
तिम्रो दृष्टिकोणमा
बुझाइमा गहिराइ भेटियो
तिम्रो ममता मा कतै खोट छैन्
मेरो मानसिक विश्लेषण र अनुभवमा
  अदभुत खुसी लागेको छ
कति मिठो सम्बोधन 
कति प्रिय आवाज  
कति सान्दर्भिक विश्लेषण 
कति निस्वार्थ ममतामयी सम्बन्ध
जीवन्त छ मानवता,
 अनि धर्म र संस्कार
म पनि कहाँ बिर्सन सक्छु र!!
मेरो कर्तव्य र अधिकार,
 मन रोएको बेला आँखा रसाएका बेला 
तिमी साथमा नभएर के भो र?
तिम्रा मीठा वाणीहरुले
तिम्रा स्पन्दनरूपी शब्द हरुले
 मनलाई झस्काई रहनेछन्
सुन्दर अदभुत शक्ति प्रदान गर्नेछन्
र भन्नेछन् नियाल अन्तस्करणमा  !!!
मैले सबै थाहा पाउने छु 
तिम्रो आँसु र पीडा देख्नेछु
त्यसैले रगत एउटै हुँदैन 
हड्डी र रगतले पो एक्लाउने रहेछ
मुटु भित्रको धुकधुकी एकनास हुँदैन
महसुस ले पो दुखी बनाउँदो रहेछ 
आफ्नो र पराई भन्ने भावनाले पो
सधैं सधैं रुवाउँदो रहेछ 
कर्तव्य र विश्वासमा संसार अडेको पो छ
विश्वास हरु थपिँदै जानेछन् 
ममता हरु पलाउँदै जानेछन् 
फुल्ने फक्रने छन्
एक्लो महसुस काे खाडल पुरिनथाल्छ
अनि त्यसमाथि 
सुगन्धित फल फूल ले भरिपूर्ण हुनेछ
त्यसैले 
हिजो जस्तो आज छैन 
आज जस्तो भोलि  त झन अवस्य हुने छैन
त्यसैले तिमी र तिम्रो सम्बोधन
निकै अर्थपूर्ण हुनेछ र सम्बन्धको गहिराइ नाप्ने छ