यूएईले नेपालबाट हुने हवाई उडानमा प्रतिबन्ध लगायो

यूएईले नेपालबाट हुने हवाई उडानमा प्रतिबन्ध लगायो


काठमाडौँ– कोरोना संक्रमण बढिरहेको भन्दै यूएईले नेपालसहित दक्षिण एसियाका चार देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्ध बुधबार मध्यरातदेखि लागू हुने यूएईको खलिज टाइम्स डटकमले उल्लेख गरेको छ।

हवाई उडानमा प्रतिबन्ध लागेका देशमा नेपालबाहेक बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। भारतमाथि यसअघि नै प्रतिबन्ध लागिसकेको छ।

कार्गो उडानमा भने रोक लगाइएको छैन। यूएईका नागरिक, कूटनीतिक मिसनका अधिकारी, व्यापारी तथा गोल्डेन भिसावाहक भने यी देशबाट त्यहाँ जान सक्नेछन्।

उनीहरूले उडान हुनुअघि बढीमा २४ घण्टाबीचमा पीसीआर टेस्ट गरी प्राप्त भएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ।

त्यस्ता व्यक्तिले यूएईमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ।

नेपालले वैशाख २३ गते मध्यरातबाट भारतसँग साताको दुई पटकबाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय उडानमा रोक लगाइसकेको छ। देशसन्चारमा समाचार छ । 

अन्य समाचारहरु