कांग्रेस बाणगंगाको नगर सचिवमा बरालको उमेद्धवारी घोषणा

कांग्रेस बाणगंगाको नगर सचिवमा बरालको उमेद्धवारी घोषणा


अशोक पौडेल 

बाणगंगा कपिलबस्तु । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको देशभर गर्मागर्मी सुरु भएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता अहिले महाधिवेशनमा केन्द्रित भएका छन ।

यसैबिच नेपाली कांग्रेस कपिलवस्तुको बाणगंगा नगर सचिव पदमा सुर्य प्रसाद बरालले उमेद्धवारी घोषणा गरेका छन । बि.स. २०५० सालबाट नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका बरालले पार्टीको बिभिन्न पदमा रही जिम्मेवारी निर्वाह समेत गरीसकेका छन ।
बराल १२ औँ महाधिवेशनमा साविक मोतिपुर ३ मा उपसभापति पदमा रही काम गरेका थिए भने नेपाल यातायात मजदुर सघं कपिलवस्तुको जिल्ला कोषाध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय सदस्य, ट्रेड युनियन कांग्रेस कपिलवस्तुको निबर्तमान उपसभापति साथै कार्यबहाक सभापतिको जिम्मेवारी समेत कुशल तरीकाले पुरा गरेका छन ।

पार्टीभित्र यातायात क्षेत्रमा काम गर्दा बरालले नेपाल इ रिक्सा चालक सघंको आफनै नेतृत्वमा सघंं श्रम बिभागमा दर्ता गरी सस्थांपक महासचिव समेत भएका थिए । हाल बाणगंगा नगर कार्य समितिका सल्लाहकार समिति सदस्य समेत रहेका बराल २०६२÷६३ सालको आन्दोलनमा यस क्षेत्रबाट नेतृत्वदायी भुमिका खेलेका थिए ।

अग्रजको सम्मान र युवाहरुको सहभागिताका लागी आफनो उमेद्धवारी रहेको बरालको भनाई छ । उनले पार्टीको १३ औँ महाधिवेशनमा नगर सचिवमा उमेद्धवारी दिएको भएतापनि सहमतिमा जाने भनेपछि उनले उमेद्धवारी फिर्ता समेत लिएका थिए । उनले यस क्षेत्रका दर्जन बढि सघं सस्थामा आवद्ध रही कामा समेत गरेका छन ।

आफु अव निरन्तर सक्रिय राजनितिमा लाग्ने भएकाले हालको लागी अग्रजको सम्मान गर्दै नगर सचिवमा उमेद्धवारी दिने र त्यसका लागी सबैले सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । 
 

अन्य समाचारहरु