अर्घातोषको लेडिकाटे कुइनाता खोलामा मानव कंकाल फेला

अर्घातोषको लेडिकाटे कुइनाता खोलामा मानव कंकाल फेला


अर्घाखाँचीडट्कम संवाददाता  

अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिका वार्ड नम्बर नं ८ अर्घातोषको लेडिकाटे कुइनाता खोलामा मानव कंकाल फेला परेको छ । 

अर्घातोषको लेडिकाटे कुइनाता खोलामा मानव कंकाल जस्तो देखिने अवशेष फेला परेको हो ।

प्रहरीका अनुसार लेडिकाटे कुइनाता खोला स्थित बर्षातको पानीले गर्दा भल बगी स्टेकचरको होम पाइपमा पानी जम्मा भएको भन्ने सुनि स्थानिय व्यक्तिहरु गई हेर्दा मानव जातिको जस्तो देखिने टाउको, हातको नाडीको भागको नलि र करङ जस्तो देखिने कंकाल अवशेष बेवारिसे अवस्थामा फेला परेको छ ।   

घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।   

अन्य समाचारहरु