शितगंगा नगरपालिकाले आफ्ना स्थानियबासीलाई नि-शुल्क यातायातको ब्यबस्थापन गर्ने

शितगंगा नगरपालिकाले आफ्ना स्थानियबासीलाई नि-शुल्क यातायातको ब्यबस्थापन गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले आफ्ना स्थानियबासीलाई  नि-शुल्क यातायातको ब्यबस्थापन गर्ने भएको छ।

शितगंगा नगरपालिकाले आफ्ना सिमानाका, नगर बाहिरबाट आउने स्थानियबासीलाई देखि नि-शुल्क यातायातको ब्यबस्थापन गर्ने भएको हो । शुक्रबार बसेको कार्यपालिकाको बैठकमा उक्त निर्यण भएको हो । 

यस्तै जेष्ठ १० गतेदेखि २० देखि २५ जनाको समुह गराई यातायातको ब्यबस्थापन गराइने बताइएको छ ।   

साथै कसैले संपर्क गर्नुपरेमा ९८५७०६९४१७ सितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारी ९८५७०६९४१५ सितगङ्गा नगर उपप्रमुख टीका रेस्मी ९८५७०६९८१५ प्रशासकिय अधिकृत अर्जुन गौतमको नम्बर उपलब्ध गराइएको छ ।  

अन्य समाचारहरु