ढिकुरामा खेलमैदान तथा कवर्डहल नहुँदा खेल गतिविधिहरु सञ्चालन गर्न समस्या

ढिकुरामा  खेलमैदान तथा कवर्डहल नहुँदा खेल गतिविधिहरु सञ्चालन गर्न समस्या


पारस भट्टराई | अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९  ढिकुरामा उपयुक्त खेलमैदान तथा कवर्डहल नहुँदा दैनिक सञ्चालन हुने खेल गतिविधिहरु सञ्चालन गर्न समस्या भएको छ।


ढिकुरामा उपयुक्त खेलमैदान तथा कवर्डहल नहुँदा दैनिक सञ्चालन हुने खेल गतिविधिहरु सञ्चालन गर्न समस्या भएको हो । 

अहिलेसम्म ढिकुरामा व्यवस्थित खेलमैदान नहुँदा खेलकुद गतिविधि समेत वर्षेनी कमी हुँदै गएको छ । खेल मैदान र कवर्डहल नहुँदा भलिवल, फुटवल, क्रिकेट, बक्सीङ, कवड्डी जस्ता खेलका गतीविधिहरु सञ्चालनमा निकै समस्या भएको खेलाडीहरु बताउँछन्।

हिउँदको चर्कोघाम र वर्षातको झरीमा हिलाम्मे मैदानमा खेल खेल्नु पर्दा निक्कै समस्या हुने गरेको स्थानिय खेलाडीको गुनासो छ।

ढिकुरामा एउटा पनि खेलमैदान नहुँदा सोही गाउँका युवाहरु चिन्तित भएको बिनोद बि.क ले बताउनु भएको छ। सामान्य किसिमको समेत खेलमैदान नहुँदा खेलकुदको अबसरबाट बंचित रहेको करन बि.कले बताउनु भयो।

वार्ड कार्यालयमा पटक पटक गुनासो गर्दा पनि कुनै सम्बोधन नभएको राजन ढेगा मगरले हामीलाई गुनासो गर्नुभयो। श्री विरभद्र आधारभूत बिधालयमा रहेको सामान्य मैदानमामा मात्र अलिअलि भलिबल खेल्न मिल्ने ठाउँ हो नत्र वार्ड भित्र नै कुनै खेल मैदान छैन्

स्थानिय खेलाडीहरु भन्छन्, "खेल मैदानको छिटो भन्दा छिटो निर्माण गर्न सकियो भने गाउँमा नैं खेलकुदको कार्यक्रम राख्न सकिन्थ्यो। नत केही खेलकुदका सामाग्रीको ब्यबस्था छ नत खेल मैदानको।"  

अर्घाखाँचीमा स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मुलनाराका साथ खेल खेल्ने गरीएपनि सरकारी तवरबाट खेलाडीहरुलाई प्रोत्साहान तथा खेल मैदानका लागि केही सहयोग हुन सकेको छैन्।

अन्य समाचारहरु