बल्कोटको मथुराबेसीमा निषेधाज्ञा उल्लंघन गर्ने युवाहरु तथा होटेल सन्चालकलाई सिडियोले उठबस गराए

बल्कोटको मथुराबेसीमा निषेधाज्ञा उल्लंघन गर्ने युवाहरु तथा होटेल सन्चालकलाई सिडियोले उठबस गराए


अशोक खनाल 

बल्कोट, अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीयो) बिष्णु पौडेल गाउँगाउँ पुगेर कोरोना संक्रमितको अवस्था तथा जिल्लामा गरिएको निषेधाज्ञाबारे अनुगमन गरेका छन् ।


अनुगमनको क्रममा सोमवार जिल्लाको छत्रदेब गाउँपालिकामा पुगेर उनले त्यहाँको अवस्थाबारे जानकारी लिए । छत्रदेबमा ३४ जना कोभिड-१९ संक्रमित रहेको र संक्रमित स्वास्थ अवस्था सामान्य रहेको संक्रमित होम आइसोलेसनमा रहेको गाउँ पालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी गराए ।

सोही अनुगमनको क्रममा पालिकाको वार्ड न. २ बल्कोटमा पर्ने मथुराबेसीको एक होटलमा निषेधाज्ञा उल्लंघन गरिरहेको गतिविधिमा संलङ्न केही युबा तथा होटेल सन्चालकलाई उठबस गराइएको थियो । साथै उनीहरुले प्रयोग गरेका मोटरसाइकलको चाबी समेत जफत गरिएको थियो।


अनुगमनमा गाउँ पालिका अध्यक्ष लेखनाथ पोख्रेल , प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन प्रहरी निरीक्षक गणेश खनालसहितको टोलीले अनुगमन गरेको थियो । टोलीले स्थानीय बासीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन तथा निषेधाज्ञाको पालना गर्न अनुरोध गरेको थियो ।

अन्य समाचारहरु