महोत्तरीमा ३ लाख ३२ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

महोत्तरीमा ३ लाख ३२ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

सुनिता बराल कान्तिपुर 

महोत्तरी — महोत्तरीको मनरासिस्वा–६ स्थित बाँसघारीमा जुवा खेलिरहेका तीन जनालाई महोत्तरी प्रहरीले शनिबार ३ लाख ३२ हजार ९ सय ६० नगदसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनरासिस्वा–७ का ४० वर्षीय विनोद कुमार साह, ४० वर्षीय सरोजकुमार साह र ३५ वर्षीय सन्तोषकुमार साह रहेका छन् ।

जुवा खेलेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोस्ट सरपल्लोबाट गएको संयुक्त टोलीले ९ थान कौडा र नगदसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

नियन्त्रणमा रहेका तीनै जनालाई ‘जुवा मुद्दामा’ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अन्य समाचारहरु