यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

काठमाडौं, कात्तिक २ गते । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामि ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन भएको जनाएको छ।

कात्तिक ३ र ४ गते सदाझैं खुवाइरहेको, तर यस वर्ष दशैंको अवधि भित्र पर्न गएकाले कात्तिक ७ र ८ गते खुवाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा सही तरिकाले मास्क लगाएर जाने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । गोरखापत्रमा समाचार छ । 

अन्य समाचारहरु