सन्धिखर्कमा माधब-खनाल एमालेको नगर कमिटी पुन: गठन

सन्धिखर्कमा माधब-खनाल एमालेको नगर कमिटी पुन: गठन


नविन रसाइली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा माधब-खनाल नेकपा एमाले सन्धिखर्क नगर कमिटीको विस्तारित बैठक कमिटीका अध्यक्ष रामजी प्रसाद मरासिनीको अध्यक्षतामा बसि विभिन्न महत्वपुर्ण निर्णयहरुका  साथ सम्पन्न भएको छ । 

बैठकले ५१ सदस्य नगर कमिटी पुनरगठन गर्नुका साथै यहि बैशाख मसान्त भित्र पार्टिका सम्पुर्ण वार्ड कमिटीहरु पुनरगठन गर्ने,जनसंगठनका पालिका र वडा स्तरीय कमिटी गठन गर्ने निर्णय गरेको छ । 

बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य पिताम्बर भुसाल, प्रदेश कमिटी सदस्य यमुना भुसाल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राम ब चौहान, जिल्ला सचिवालय सदस्य भविस्वर पाण्डे, सरोज भुसाल, सिद्धि प्रसाद भुसाल, अ ने मं संघ केन्द्रिय सदस्य सुनिता बेल्वासे, सुमित्रा मुखिया, लक्ष्मि खनाल, जिल्ला कमिटी सदस्यहरु विष्णुहरी भुसाल, मुनाल महत, लगायतका नेताहरुले नेकपा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गरि छाड्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 बैठक कमल पन्थीको सञ्चालन र नारायण भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु