एनआरएनए दक्षिण अमेरिका चिलीको अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण चन्द्र भट्टराई बिजयी

एनआरएनए दक्षिण अमेरिका चिलीको अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण चन्द्र भट्टराई बिजयी


अमर पुन

शान्तियागो, चिली । शनिवार, ३१ जुलाई २०२१ । नेपालीहरुको अन्तराष्ट्रीय संगठन गैर आबासीय नेपाली संघ दक्षिण अमेरिकाचीलीको NRNA/NCC अध्यक्ष मा कृष्ण चन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । 


३१ जुलाई को सम्पन्न निर्वाचनको परिणाम अनुसारभट्टराईले ९४ मत प्राप्त गर्नु भएको छन भने उहाको निकटम प्रतिद्वन्द्वी रामजी लामिछाने ले ५५ मत प्राप्त गर्नु भएको छ । अनलाईनप्रबिधीबाट भएको निर्वाचनमा महासचिबमा सामुयल सुनुवारले ८५ मत प्राप्त गरेर बिजयी हुनु भएको छ भने उहाको निकटम प्रतिद्वन्द्वीश्याम बहादुर गाहाले ५६ मत प्राप्त गर्नु भएको छ । 

त्यस्तै कोषाध्यक्ष पदमा नवीन निश्चल गुरुङले सबै भन्दा धेरै १०० मत प्राप्त गरिबिजयी हुनुभएको छ भने उहाको निकटम प्रतिद्वन्द्वी गुरुदत्त सापकोटाले ३८ मत प्राप्त गर्नु भएको छ । 

युवा संयोजकमा मान बहादुर राई९८मत प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाको निकटम प्रतिद्वन्द्वी गिरिराज पाण्डे ले ४३ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष सर्वदाकाफ्ले, उपाध्यक्ष सरोज अर्याल, उपाध्यक्ष बिनोद के.सी., सचिब नबिन श्रेष्ठ, सह-कोषाध्यक्ष मनोजन धिताल, महिला प्रतिनिधि पबिताथापा मगर, सदस्यहरु भिम प्रसाद खनाल, सुदिप ढकाल, बल बहादुर थापा मगर, पुरुषोतम सापकोटा, र मन कुमार गुरुङ भने २५ जुलाई२०२१ मा नै निर्बिरोध निर्वाचित हुनुभएको थियो । दक्षिण अमेरिका चिलिको इतिहासमै पहिलो चोटि भएको NRNA को निर्वाचन माकुल मतदाता मध्य ९५% ले मतदान गर्नु भएको थियो । 

विश्व कै लामो देशको रुपमा रहेको दक्षिण अमेरिकी मुलुक चिलीमा नेपालीकोचहल पहल वढ्दै गर्दा संगठन निर्माण ले पनि निरन्तरता पाईरहेको छ । : तस्वीर अमर पुन/अर्घाखाँची डटकम - चिली ।

अन्य समाचारहरु